दाङ्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु
शनिबार, ३२ साउन २०७६, १८ : १५
बुटवल । दाङ्गमा ट्रकको ठक्करबाट शनिवार दिउँसो दुई जनाको ज्यान गएको छ ।
लमही नगरपालिका–९ , रिहारस्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा१प ११३१ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना३च ३४०३ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको उपचारका क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी विनोदविक्रम शाहले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका–५ धर्ना बस्ने ४२ वर्षीय विनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–४ कारकादोका ४५ वर्षीय रमेश बस्नेतको ज्यान गएको हो ।
उनीहरुको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत