कश्मीरी नेतृ मुफ्तीकी छोरीको अमित शाहलाई प्रश्न–मलाई कुन कानून अन्तर्गत हिरासतमा राखिएको हो ?

एजेन्सी । जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि ‘पिपुल्स डेमोक्रेटिक पार्टी’की नेतृ र जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीको कान्छी छोरी इल्तिजा जावेदलाई पनि नजरबन्द राखिएको छ ।
उनी अगस्ट ५देखि कश्मीरको राजधानी श्रीनजरको गुपकर रोडस्थित घरमा नजरबन्द छिन् ।
पत्रकारलाई पनि उनीसँग भेट्न दिइएको छैन । यस्तोमा अगस्ट १५ को दिन इल्तिजाले एक जना विश्वसनीय सहयोगीमार्फत भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई सम्बोधन गर्दै एउटा पत्र बाहिर ल्याएकी छिन् ।
यस पत्रमा इल्तिजाले गृहमन्त्री अमित शाहलाई सम्बोधन गर्दै भनेकी छिन् ,‘मसँग यो पत्र लेख्नुको अतिरिक्त अन्य कुनै विकल्प थिएन । मैले कयैन पटक आफ्नो हिरासतको कारण जान्न चाहें । आशा छ कि आफ्नो यो मौलिक अधिकारको बारेमा प्रश्न सोधेकामा मलाई दण्डित गरिछैन । कश्मीर कालो बादलले घेरिएको छ र मलाई आवाज उठाउने मानिससहित यहाँका मानिसको सुरक्षाको डर छ ।’
उनले अगाडि लेखेकी छिन् ,‘ हामी कश्मीरीहरु सन् २०१९ अगष्ट ५ को दिन धारा ३७० लाई खारेज गर्ने भारत सरकारको एकतर्फी निर्णयबाट यसै नि निराशा छौं । मेरी आमा र जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती र अन्य कयैन मानिसलाई त्यही दिन हिरासतमा लिइयो । कफ्र्यू लागेको दस दिन भइसक्यो । कश्मीर घाटीमा डरको माहोल छ । किनकि संचार माध्यम सबै बन्द छन् । आज(अगस्ट १५) जब देश स्वतन्त्रताको उत्सव मनाइरहेको छ, कश्मीरीहरुको मावन अधिकार खोजेर पिजडामा बन्द जनावर जसरी राखिएको छ ।’
पत्रमा थप भनिएको छ,‘ मलाई पनि मेरै घरमा नजरबन्दमा राखिएको छ र त्यसको कारण के हो, गृहमन्त्रीज्यू, यो तपाईलाई थाहा होला । म कुनै राजनीतिक दलसँग जोडिएको छैन र म सधैं कानून पालना गर्ने नागरिक हूँ । तथापि,सुरक्षाकर्मीद्वारा मैले मिडिया पोर्टल र पत्रपत्रिकामा बोलेको कुरालाई मेरो गिरफ्तारीको कारण बताइएको छ । र अझ मिडियासँग दोहो¥याएर कुरा गर्दा मैले गम्भीर परिणाम भोग्नु पर्ने धम्की दिइएको छ ।’
पत्रमा लेखिएको छ,‘ मलाई कश्मीरीको आवाज बलियो बनाउनको लागि दण्डित गरिदैं गरेको भन्ने कुरा नै बुझ्न गा¥हो भइरहेको छ । के कश्मीरीहरुको पिडा, याताना, आक्रोषलाई व्यक्त गर्नु अपराध हो ? म यो जान्न चाहन्छु कि मलाई कुन कानुन अन्तर्गत हिरासतमा राखिएको हो ?’
इल्तिजाले पत्रमा अगाडि भनेकी छिन् ,‘हामी कश्मीरीमाथि अहिले दमनकारी र अपमानजनक व्यवहार गरिदैंछ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा के कुनै नागरिकलाई दमनको विरुद्ध आवाज उठाउने अधिकार छैन ? ‘सत्यमेव जयते(सत्यकै जित भएरै छाड्छ)’ले हाम्रो देशको भावना र संविधानलाई परिभाषित गरेको छ । तर यो एउटा दुखद विडम्बना हो कि साँचो बोलेकै कारणले मसँग कुनै युद्ध अपराधीजस्तो व्यवहार गरिँदैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा पुगेर प्रचण्डको ओली लक्षित टिप्पणी– हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)