केन्द्रीय संस्करण
संस्मरण

‘किन लेख्ने मैले ? पैसा लिएर लेख्ने तपाईंको कारिन्दा हो ?’

स्मृतिका पानामा पत्रकारिताका भीष्म पितामह मदनमणि माडसाब

person explore access_timeसाउन ३२, २०७६ chat_bubble_outline0

वाक्य नै ठ्याक्कै यही थियो: ‘किन लेख्ने मैले ? पैसा लिएर लेख्ने म तपाईंको कारिन्दा हो ?’ उहासँग मेरो जीवनकै पहिलो आमनेसामने भेट थियो त्यो । जोसिएर लेख माग्न गएका हामी, अर्थात् म र मित्र भरत कोइराला, को विपुल उत्साहमा बरफ पानी खन्याइदिएको थियो त्यो रुखो जवाफले । जवाफकर्ता थिएः नेपाली पत्रकारिताका भीष्म पितामह मदनमणि दीक्षित ।

ठ्याक्कै मिति चाहिँ याद भएन, तर कुरा २०४९ सालतिरको हुनुपर्छ । त्यतिखेर हामी संरचना साप्ताहिकको सम्पादन समूहमा आबद्ध थियौं । मेरो जिम्मेवारी कार्यकारी सम्पादकको थियो । भरखर भरखरै व्यवस्था परिवर्तन भएको फुकिफाल अवस्थामा पत्रकारितामा केही गर्ने चरम उत्साह र जोश जाँगर बोकेका, अझ भनौं ‘नयाँ जोगीले बढ्तै खरानी घस्छ’ भनेझैं पत्रकारिताको खरानी धेरै नै घस्ने लोभलालसाका साथ अघि बढेका, वामपन्थ विचारधारा बोक्ने हामी केही युवाहरुको टीमले संरचना साप्ताहिकको सम्पादनको जिम्मेवारी वहन गरेका थियौं । सोही क्रममा पत्रिकाको स्तरीयकरणका लागि हामीले त्यसबेलाका चर्चित लेखक–साहित्यकारहरुको लेखरचनाहरु न्यूनतम पारिश्रमिक प्रदान गर्ने गरी मागेरै भए पनि प्रकाशित गर्ने निधो गरेका थियौं । त्यही सिलसिलामा त्यसबेलाका चर्चित साहित्यकार, पत्रकार मदनमणि माडसाबको कालिकास्थान स्थित निवासमा हामी पुगेका थियौं ।

*******

पत्रकारितामा केही गर्ने चरम उत्साह र जोश जाँगर बोकेका, अझ भनौं ‘नयाँ जोगीले बढ्तै खरानी घस्छ’ भनेझैं पत्रकारिताको खरानी धेरै नै घस्ने लोभलालसाका साथ अघि बढेका, वामपन्थ विचारधारा बोक्ने हामी केही युवाहरुको टीमले संरचना साप्ताहिकको सम्पादनको जिम्मेवारी वहन गरेका थियौं । सोही क्रममा पत्रिकाको स्तरीयकरणका लागि हामीले त्यसबेलाका चर्चित लेखक–साहित्यकारहरुको लेखरचनाहरु न्यूनतम पारिश्रमिक प्रदान गर्ने गरी मागेरै भए पनि प्रकाशित गर्ने निधो गरेका थियौं ।

*******

तर हामी जति जोश र उत्साहका साथ उहाँकोमा पुगेका थियौं, उहाँको त्यो रुखो र कर्कश जवाफले हाम्रो त्यो उत्साह, जोश, जाँगरलाई एकै झ्यामटमा मारिदिएको थियो । अँध्यारो अनुहार, निराश मन लिएर हामी यसो फर्कने उपक्रम के गर्दै थियौं, माडसाबले उस्तै कडा र रुखो स्वरमा हामीलाई आदेश दिनुभयो– ‘पख्नोस्, बस्नोस् ।’

पत्रकारितामा भरखरै वामे सर्न सिक्दै गरेका हामी, उहाँको त्यो आदेशात्मक वाणीलाई उल्लंघन गर्ने हाम्रो के हिम्मत ! हामी उहाँको कार्यकक्षमा, उहाँको टेबुलको सामुन्ने राखिएका दुईटा काठका कुर्सीमा यन्त्रवत थचक्कै बस्यौं, चुपचाप ।

वास्तवमै भन्ने हो भने, मलाई त्यहाँ बस्ने पटक्कै रुचि थिएनँ । हाम्रो लेखरचनाको त्यो विनम्र आग्रहलाई ठाडै इन्कार गरेका कारण मदनमणि माडसाबप्रति ममा एकदमै नकारात्मक धारणा पैदा भइसकेको थियो ।  तर मदनमणि माडसाबको भीमकाय व्यक्तित्व र प्रभावका सामु इन्कार गर्ने, उहाँको आदेशात्मक स्वरलाई अवज्ञा गर्ने हिम्मत हामीमा पटक्कै रहेन ।

*******

हाम्रो लेखरचनाको त्यो विनम्र आग्रहलाई ठाडै इन्कार गरेका कारण मदनमणि माडसाबप्रति ममा एकदमै नकारात्मक धारणा पैदा भइसकेको थियो ।  तर मदनमणि माडसाबको भीमकाय व्यक्तित्व र प्रभावका सामु इन्कार गर्ने, उहाँको आदेशात्मक स्वरलाई अवज्ञा गर्ने हिम्मत हामीमा पटक्कै रहेन ।

*******

तर अचम्मै ! केही समयअघि एकदमै कर्कश, रुखो प्रतीत हुनुभएका मदनमणि माडसाबको बोली, बचन र व्यवहारमा विस्तारै परिवर्तन आएको मैले महसूस गरें ।  अत्यन्तै मायालु र नरम स्वरमा उहाँले हामीलाई भन्नुभयोः यता सुन्नुस्, आज म तपाईंहरुलाई मेरो जीवनकै एउटा रमाइलो कुरा सुनाउँछु ।

त्यसपछि माडसाबले हामीलाई आफ्ना त्यसदिनको अनुभूति बताउन थाल्नुभयो ।

उहाँले बताउनुभएको अनुभवको सार यस्तो थियोः

त्यसदिन उहाँले पुतलीसडकस्थिति गुठी संस्थानको भवनअघिको पान पसल (हाल शेयरबजार मार्केट रहेको स्थान)बाट पान किनेर लगेर घरमा आफ्नी धर्मपत्नीलाई दिँदै ‘बधाई छ’ तिमीलाई भन्नुभएछ । त्यसको जवाफमा माडसाबकी पत्नीले पान ग्रहण गर्दै ‘हजुरलाई पनि बधाई छ’ भन्नुभएछ । आफूले केको लागि बधाई दिएको भन्ने जान्न खोज्दै नखोजी उल्टै प्रत्युत्तरमा बधाई पाउँदा माडसाब तिनछक्क पर्नुभएछ र आफ्नी धर्मपत्नीलाई सोध्नुभएछः ‘मैले किन बधाई दिएको हो भन्ने सोध्दै नसोधी किन बधाई दियौं त तिमीले ?’ प्रत्युत्तरमा माड्साबकी पत्नीले भन्नुभएछः ल हजुर ! कस्तो कुरा गर्नुभएको ? आज हाम्रो विवाह भएको ... वर्ष पुगेको दिन होइन त ?’ माडसाब तीनछक्क पर्नुभएछ ।

त्यो घटना उल्लेख गर्दै माडसाबले हामीलाई भन्नुभयो–‘ देख्नुभयो त, मन, विचार मिलेपछि, सम्बन्धमा आत्मीयता भएपछि मुखले बोलिबस्नै पर्दैन, विचारहरुको स्वतः टेलिपेथी हुँदो रहेछ !’

त्यसपछि माडसाबले जीवनका आफ्ना भोगाइका थुप्रै अनुभूतिहरु करिब करिब एकघण्टा जति हामीलाई बताउनुभयो । हामीहरु पनि आज्ञाकारी बालकले झैं चुपचाप, बेलाबेलामा उहाँका कुराहरुमा रुचि चासो जाहेर गर्दै सुनिरह्यौं ।

*******

माडसाबले जीवनका आफ्ना भोगाइका थुप्रै अनुभूतिहरु करिब करिब एकघण्टा जति हामीलाई बताउनुभयो । हामीहरु पनि आज्ञाकारी बालकले झैं चुपचाप, बेलाबेलामा उहाँका कुराहरुमा रुचि चासो जाहेर गर्दै सुनिरह्यौं ।

*******

साँझ छिप्पिएर रात पर्न शुरु भएको थियो । हामी छुट्टिने उपक्रम गर्दै माडसाबलाई नमस्कार गरेर बिदा माग्यौं । तर माडसाबले हामीलाई पुनः आदेशात्मक स्वरमा भन्नुभयोः ‘पख्नुस्, एकछिन बस्नोस् ।’ यस पटक उहाँको स्वर पहिले जस्तो रुखो, कर्कश थिएन, अत्यन्तै मायालु थियो ।

त्यसपछि उहाँले आफ्नो टेबुलको दाहिने भागतिरको घर्रा तान्नुभयो र एउटा हस्तलिखित लेख निकालेर हामीतिर तेस्र्याउँदै भन्नुभयो : तपाईंहरु ओंठ निचार्दा पनि दूध आउँला जस्ता कलिला बालकहरुलाई इन्कार गरेर मैले निराश किन पार्ने ? ल यो लेख छाप्नुहोस् !’

*******

उहाँले आफ्नो टेबुलको दाहिने भागतिरको घर्रा तान्नुभयो र एउटा हस्तलिखित लेख निकालेर हामीतिर तेस्र्याउँदै भन्नुभयो : तपाईंहरु ओंठ निचार्दा पनि दूध आउँला जस्ता कलिला बालकहरुलाई इन्कार गरेर मैले निराश किन पार्ने ? ल यो लेख छाप्नुहोस् !’

*******

ए फोर साइजको सेतो कागजमा, मसिना किरमिर कालो अक्षरले लेखिएको सो लेखको शीर्षक, मेरो सम्झनाले धोका दिएको छैन भने, ‘वातावरण कि पर्यावरण ?’ थियो जस्तो लाग्छ ।

यहाँ यो पनि उल्लेख गर्नु जरुरी छ, त्यसताका पत्रपत्रिकामा लेखहरु लेखेवापत पारिश्रमिक दिने खासै प्रचलन थिएन । पत्रकारिताका ‘नयाँ नयाँ जोगी’ हामीले त्यसबेला लेख माग्ने क्रममा मदनमणि माडसाबलाई लेखकको रचना मूल्यले आँक्न नसकिने तर ‘थिति बसाल्नका लागि भनेर’ लेखको पारिश्रमिक पनि लेख प्रकाशित हुनेबित्तिकै पठाइदिने ‘डींग’ हाँकेका थियौं । त्यसका साथसाथै, हामीले माडसाबसँग लेखरचनाहरु छापिएपछि त्यसको सबैभन्दा पहिलो पाठक लेखक आफू नै हुनुपर्ने बताउँदै लेख छापिनेबित्तिकै बजारमा पत्रिका जानुभन्दा पहिल्यै पत्रिका लेखककोमा पारिश्रमिकसहित बिहानै पठाइदिने बाचा पनि गरेका थियौं । माडसाबको जिज्ञासामा हामीले खगेन्द्र संग्रौला, शक्ति लम्साल, राजेन्द्र सुवेदी, रुद्र खरेल, शारदारमण नेपाल लगायतका लेखककहरुको लेख पनि सोही प्रक्रियाअन्तर्गत संरचनामा छाप्न लागेको बताएका थियौं ।

जे होस्, मदनमणि माडसाब जस्ता ‘भीमकाय’ व्यक्तित्वका लेख छाप्न पायौं भनेर दंग पर्दै हामीले हाम्रो नाम र फोन नम्बर माडसाबलाई टिपी छाडेर डिल्लीबजार, पीपलबोट, घट्टेकुलो जाने बाटोमा रहेको संरचनाको कार्यालयमा हामी फक्र्यौं । 

त्यसबेला संरचना बिहीबार प्रकाशित हुन्थ्यो ।

माडसाबको लेखौट पढ्न सजिलो थिएन । किरमिर, किरमिर त्यो माथि मसिनो गरी लेखिएको अक्षर, हामीले अत्यन्तै मिहिनेत गरेर, माडसाबको लेख दुई तीन पटक नै प्रुफ पढेर छाप्यौं । धन्यवाद भन्नैपर्छ हामीले त्यतिखेर त्यो लेख कम्पोज गरिदिनुहुने हिमाल दाइ र उहाँका छोराछोरीहरु (कुमार नाम सम्झन्छु) लाई, जसले त्यो लेखलाई कम्पोज गरिदिनुभयो । हामीले डींग हाकेको कुरालाई मूर्तता दिँदै लेख छापिएको पत्रिका बिहिबार बिहानै ५ः३० बजेतिर माडसाबको निवास कालिकास्थानमा पठाइदियौं । पत्रिकाका साथसाथै, खाममा उहाँको लेखको पारिश्रमिक रु. ५००।– पनि हालेर पठाइदियौं ।

त्यस्तै बिहानको करिब ६ बजेतिर हुनुपर्छः हाम्रो कार्यालयको फोनको घण्टी बज्यो । संरचनाको कार्यालय नै मेरो बासस्थान र कर्मथलो थियो । मैले फोन उठाएँ । फोन मदनमणि माडसाबको थियो । मन ढक्क फुल्यो । लौं, केही गडबड पो भएछ कि क्या हो ?

*******

बिहानको करिब ६ बजेतिर हुनुपर्छः हाम्रो कार्यालयको फोनको घण्टी बज्यो । संरचनाको कार्यालय नै मेरो बासस्थान र कर्मथलो थियो । मैले फोन उठाएँ । फोन मदनमणि माडसाबको थियो । मन ढक्क फुल्यो । लौं, केही गडबड पो भएछ कि क्या हो ?

*******

तर उताबाट उही मायालु स्वरमा माडसाबले भन्नुभयो : ‘चन्द्र बाबु, म हिजो तपाईंहरुलाई गरेको रुखो व्यवहारप्रति लज्जित छु ।’

म अवाक बनें, केही बोल्नै सकिनँ ।

माडसाबले उताबाट थप भन्नुभयो, ‘बाबु, यहाँ त लेख छाप्ने भनेर मागेर लान्छ, छाप्नु त कताकता हो, लेख नै वेपत्ता बनाइदिन्छ ।  पारिश्रमिकको  त कुरै छैन । सम्पर्कमै आउँदैनन् ।  तर तपाईंहरुले त लेख छाप्नुभयो । पारिश्रमिक पनि दिनुभयो । त्यो भन्दा पनि ठूलो कुरा, लेख छापिएको पत्रिका बजारमा जानुभन्दा पहिल्यै मलाई पढ्न पनि पठाइदिनुभयो । खुसी लाग्यो । अब म लेख्छु ।’

मेरा सहकर्मी मित्र भरत कोइराला

यहाँ यो पनि उल्लेख गर्नु मनासिब होला, माडसाबले आफ्नो लेखको पछाडि यो लेख छापिएपछि रु. ३००।– दिएर पठाउनु होला भनी लेख्नुभएको थियो । मेरा मित्र भरत कोइरालाले बताएअनुसार पछि माडसाबले उनलार्ई ‘तपाईंहरु पैसा दिनुपर्छ भनेर लेख माग्न छोड्नु होला भन्ने ठानेर त्यो लेखेको थिएँ, तर तपाईंहरु त उल्टै बढी पैसा नै पो पारिश्रमिकको रुपमा दिनुभयो’ समेत भन्नुभएको थियो रे ! कोइरालाका अनुसार, लौ लेख लेखेवापत पनि पैसा पाइँदो रहेछ भनेर माडसाबले खुसी पनि प्रकट गर्नुभएको र नियमित लेख्ने वाचा गर्नुभएको थियो ।

*******

नभन्दै त्यसपछि माडसाबले हामीलाई स्नेहपूर्वक थुप्रै लेखरचनाहरु उपलब्ध गराउनुभयो । उहाँले ‘नियमित आकस्मिता’लाई मूल विषय बनाएर ‘जीवन, मृत्यु र अमृततत्त्व’ शीर्षकमा हुनुपर्छ, संरचनामा एउटा लामो धारावाहिक दार्शनिक लेख नै पछि लेख्नुभएको थियो ।

*******

नभन्दै त्यसपछि माडसाबले हामीलाई स्नेहपूर्वक थुप्रै लेखरचनाहरु उपलब्ध गराउनुभयो । उहाँले ‘नियमित आकस्मिता’लाई मूल विषय बनाएर ‘जीवन, मृत्यु र अमृततत्त्व’ शीर्षकमा हुनुपर्छ, संरचनामा एउटा लामो धारावाहिक दार्शनिक लेख नै पछि लेख्नुभएको थियो ।

पछि विविध कारणवश संरचनाबाट हामी अलग्गियौं । पछि मेरो पत्रकारिताको यात्रा मूल्यांकनसँग जोडियो । संरचनाले जोडेको मदनमणि माडसाबसँगको सम्बन्धलाई मेरै कमजोरी र अज्ञानताका कारण निरन्तरता दिन सकिनँ ।

पछि मूल्यांकन प्रकाशनमा पनि विग्रह आयो । मूल्यांकनको विग्रहले पत्रकारिताप्रतिको मेरो रुचि वितृष्णामा परिणत भयो । २०६४ सालतिरदेखि सक्रिय पत्रकारिताबाट विश्राम लिएर म जीविकाका अरु नै पेशातिर लिप्त भएँ ।

मेरा अनन्य मित्र ओम शर्माको वर्षौ वर्षको अनुरोधलाई लत्याउन नसकेपछि, २०७५ को मंसिर १ गतेदेखि म पुनः रातोपाटीडटकममार्फत् सक्रिय पत्रकारितामा फर्किएँ । यसमा वरिष्ठ पत्रकारका रुपमा ख्याति कमाएका मेरा मित्र जीवेन्द्र सिम्खडाको जोडबलले पनि काम गर्यो । तत्पश्चात मित्रद्वय ओम शर्मा र जीवेन्द्र सिम्खडाको स्नेह अनि रातोपाटीका सहकर्मी मित्रहरुको सदभावका कारण मैले रातोपाटीको कार्यकारी सम्पादकको जिम्मेवारी सम्हाल्न थालें ।

*******

हाम्रो विचार र योजनालाई सह्राहना गर्दै यसबारेमा कुराकानी गर्दा राम्रो हुने भनी थप केही नामहरु पनि उहाँले सुझाव गर्नुभयो । उहाँले सुझाव गरेका नामहरुमध्येमा एक तिनै पत्रकारिताका भीष्म पितामह, पूर्र्वेली दर्शनका उद्भट विद्वान तथा नेपाली कम्युनिष्ट आन्दोलनका गहिरो जानकार मदनमणि दीक्षित पनि थिए ।

*******

सामग्रीहरुको विविधिकरण र स्तरीयकरण गरिनुपर्ने आवश्यकताबोधका साथ सहकर्मी साथीहरुकै जोडबल, विशेष गरी, रातोपाटीका समाचार प्रमुख विधान श्रेष्ठको विशेष दवाबसमेतको  आधारमा रिपोर्टिङ प्रमुख फणिन्द्र नेपाल र म वामपन्थी नेता टंक कार्कीसँग भेट्न कपन गयौं । त्यहाँ हामीले उहाँसँग ‘कम्युनिष्ट सँस्कृति’को बारेमा रातोपाटीमा धारावाहिक विचारहरु प्रकाशित गर्ने हाम्रो योजना बतायौं र उहाँसँगका कुराकानी टेपरेकर्ड गर्यौं । हाम्रो विचार र योजनालाई सह्राहना गर्दै यसबारेमा कुराकानी गर्दा राम्रो हुने भनी थप केही नामहरु पनि उहाँले सुझाव गर्नुभयो । उहाँले सुझाव गरेका नामहरुमध्येमा एक तिनै पत्रकारिताका भीष्म पितामह, पूर्वेली दर्शनका उद्भट विद्वान तथा नेपाली कम्युनिष्ट आन्दोलनका गहिरो जानकार मदनमणि दीक्षित पनि थिए । यही नाम रातोपाटीका अभिन्न हितचिन्तक तथा मेरा शुभेच्छुक गुरु शारदारमण नेपालले पनि सुझाव गर्नुभएको थियो ।

मदनमणि माडसाबसँग हामीले रातोपाटीका लागि कुराकानीका लागि प्रक्रिया अगाडि बढाउन खोज्दा नखोज्दै उहाँ विरामी परेको खबर आयो । फलतः हामीले उहाँसँग गर्न चाहेको कुराकानीलाई थाँती राख्यौं ।

पछिल्लो पटक पनि टंक कार्कीले ‘मदनमणि माडसाबसँग कुराकानी गर्नुभयो ?’ भन्ने जिज्ञासा राख्नुभएको थियो । तर हामीले तत्काल त्यो सम्भव नभएको र उहाँले स्वास्थ्यलाभ गर्नुभएपछि कुराकानी गर्ने बतायौं ।

तर दुर्भाग्यको कुरा, दीर्घ बिरामीको कारण साउन ३० गते ९७ वर्षको उमेरमा माडसाबले यस संसारबाट महाप्रस्थान गर्नुभयो । नेपालको कम्युनिष्ट संस्कृतिबारे गहिरो जानकारी राख्नु हुने माडसाबको विचार रातोपाटीमा छाप्ने हाम्रो योजना अधुरै रह्यो ।

Tilte photo source: https://i.ytimg.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...