सप्तरीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते
शनिबार, ३२ साउन २०७६, १२ : ०३
बुटवल । आज विहान रुपन्देहीको तित्तलोतमा नगरपालिकाबाट हिँडेको गाडी सप्तरी जिल्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवका अनुसार तिलोत्तमा नगरपालिकाको बा १६ च २२३५ नम्वरको पिकअप बलेरो जीप सप्तरीको कन्चनपुर नगरपालिका वडा नम्वर ११ बक्साहचोकमा दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको छ । यस्तै चालक अशोक भण्डारीको अबस्था गम्भीर रहेको छ ।
दुर्घटनामा वडाध्यक्षद्वय सोहन चौधरी, तामानाथा पाण्डे र व्यापार संघका अध्यक्ष जेपी कँडेल पनि घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि विराटनगर पठाईएको यसपी यादवले बताए । दुर्घटनामा परेकाहरु मोरङ्गमा हुन गइरहेको लगानी सम्मेलनमा जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित