बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

शनिबार, ३२ साउन २०७६, ११ : ५८
शनिबार, ३२ साउन २०७६

काठमाडौं । वरिष्ठ अभिनेत्री  सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

थुप्रै चर्चित चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । 

केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको जन्म २००४ सालमा भएको थियो ।

उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।

उनका १ छोरा र छोरी छन् । 

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप