दुई वर्षदेखि खप्तड समितिविहीन
खप्तड । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि समितिविहीन छ । नयाँ समिति गठन नहुँदा कुनै कामकाज हुन सकेको छैन ।
समिति नबन्दा यहाँ कार्यरत कर्मचारीले १३ महीनाको तलबसमेत नपाएको समितिका शाखा अधिकृत प्रेम कुँवरले बताए ।
समितिको कार्यालयमा पाँच कर्मचारी करारमा काम गर्दै आएका छन् ।
‘तलब नपाउदा काम चलाउन समस्या भएको छ’, उनले भने । करारमा शाखा अधिकृत कुँवरसहित सवइञ्जिनीयर दीपेश महतरा, कार्यालय सहयोगीहरु धनवहादुर सिंह, शशी सिंह र लोक रावल कार्यरत छन् ।
गत असोजमा समितिको समयावधि सकिएको हो । पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठनसम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरिएको छ ।
प्रदेश सरकारको गत चैत १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश, २०७५’ स्वीकृत भए पनि अहिलेसम्म नयाँ समिति बन्न सकेको छैन ।
समिति गठन र कार्यकारी निर्देशकको नियुक्ति प्रदेश सरकारले गर्ने व्यवस्था छ । प्रदेश सरकारले चासो नदिँदा समितिको काम अलपत्र छ ।
समिति नबन्दा यहाँको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार तथा पर्यटन विकास ओझेलमा परेको समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताए । उनले भने, ‘वर्षौँसम्म निस्कृय हुनु राम्रो होइन, चाँडो समिति र निर्देशक चयन गरिनु पर्छ ।’
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले खप्तड क्षेत्र पर्यटन विकास समितिको गठन प्रक्रिया अगाडि बढेको बताए ।
उनले भने, ‘समिति गठन गर्ने तयारीमा छौँ, चाँडै खप्तडले पूर्ण समिति पाउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?
-
लुम्बिनी प्रदेशमा भागबण्डा मिलाउन दुई मन्त्रालय थपियो
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु