बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तिब्बतीलाई नागरिकता दिएको आरोपमा वडाध्यक्ष पक्राउ

शनिबार, ३२ साउन २०७६, ०९ : ४४
शनिबार, ३२ साउन २०७६

कास्की । तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । 

शणार्थीका सन्तानलाई वडा कार्यालयबाट वंशजको  नागरिकता प्रदान गर्नका लागि सिफारिस गरेकाले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको कार्कीले जानकारी दिए । 

सोही वडाका लेखबहादुर थापाले तिब्बती शरणार्थीसँग विवाह गरेका छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएका थिए । 

थापाका नातिनी सरु र तासी आङ्मोले जिल्ला प्रशासनबाट गत जेठ २६ र असार ६ गते नेपाली नागरिकता लिएका थिए ।

झुटो विवरण पेश गरेर उनीहरुले नागरिकता लिएको भन्ने उजुरी आउनासाथ प्रशासनले  दुवै जनाको नागरिकता जफत गरेको थियो भने झुटो विवरण पेश गर्ने थापासहित घटनामा संलग्नहरुलाई पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप