लागुऔषधसहित एकजना पक्राउ
रौतहट । रौतहट प्रहरीले परोहा नगरपालिकाबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्लाको परोहा नगरपालिका–९ रामपुर खाप नरकटिया सडकखण्डमा बिषेश सूचनाको आधारमा सवारी साधन तथा पैदल यात्रु चेकजाँचको उक्त मानिस उक्राउ परेका हुन ।
भारतीय नम्बर बिआर ० ५ एच ८८१२ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा बारा जिल्ला साबिक हरीहरपुर ८ र हाल सिम्रोनगढ बस्दैआएका बर्ष ६० का गोकर्ण महतो लागुऔषधसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा बोकी राखेको सेतो बोरा भित्र लागुऔषध डाइजेल्याब चारसय ९२ एम्पुल,फेनारगन चारसय ९३ एम्पुल,र मोर्फिन पाँचसय चार कके र कुल एकहजार चारसय ९९ एम्पुल नशालु सुई बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताएका छन ।
शुक्रवार बेलुकी पक्राउ महतोलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखी अनुसन्धान गरिरहेको एसपी खत्रीले जानकारी दिएका छन ।
पछिलो समय रौतहट, बारा, पर्साको सीमावर्ती क्षेत्रमा प्रतिबन्धित लागुऔषध मध्ये नशालु सुइ र ट्याबलेटको ओसार पसार बढेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’