२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड
शनिबार, ३२ साउन २०७६, ०७ : ००
२८ वाणिज्य बैङ्कले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४/७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४.५८ प्रतिशत बढेको हो ।
२०७४/७५ मा बैङ्कहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । २०७४/७५को तुलनामा तीन बैङ्कको नाफा घटेको छ भने बाँकी २५ बैङ्कले नाफा बढाएका छन् ।
कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ । आव ०७५/७६ मा वाणिज्य बैङ्कहरुको औषत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
गत वर्ष राष्ट्र बैकले निक्षेप र कर्जाकामा औसत भारित ब्याजदर अन्तर(स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भएपनि वाणिज्य बैङ्कले गत आवमा त्यस्तो अन्तर ५.७ राखेर नाफा बढाएको देखिन्छ ।
यो समाचार अन्नपूर्ण पोष्ट्मा पुष्पराज आचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर