राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण
शुक्रबार, ३१ साउन २०७६, २२ : १८
![राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण](https://rpcdn.ratopati.com/media/albums/ganesh_timilsina_SQUiMZJPyR.jpg)
रुकुम-मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ । बागलुङको ढोरपाटन आएका उनी पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’