सरकारले कर्मचारीको मुख हेरेर सरुवाबढुवा गर्दैन: मन्त्री पण्डित
पर्वत– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताएका छन् ।
प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले स्वेच्छाचारी ढङ्गले नभइ योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताउनुभयो । मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने उल्लेख गर्दै निर्ममम ढङ्गले निर्णय लिइने बताए ।
मन्त्री पण्डितले तिहारभित्र लोकसेवा आयोगले नतिजा प्रकाशन गरिसक्ने बताउँदै त्यसपछि कुनै पनि तहमा कर्मचारीको अभाव नहुने जिकिर गरे । उनका अनुसार अहिले झण्डै ३२ हजार कर्मचारीको अभाव रहेको छ । उनले लोकसेवा आयोगले इतिहासमै पहिलोपटक ठूलो सङ्ख्यामा कर्मचारी भर्ना गर्न लागेको बताए । उनले यो वर्षदेखि सेवा प्रवाहमा कुनै समस्या नहुनेसमेत जानकारी गराए ।
मन्त्री पण्डितले सङ्घीय निजामती ऐन अन्तिमचरणमा रहेकाले यसै साता संसद्बाट पारित हुने बताए । उनले काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाही गर्ने गरी ऐन ल्याउन लागिएको जानकारी दिए । उनले कार्यालय समयमा कर्मचारी टे«ड यूनियन नहुने उल्लेख गर्दै सामूहिक राजीनामा दिनेलाई तत्काल बिदाइ गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु