गोरखामा ७ मेगावाटको चेपे ‘ए’ जलविद्युत आयोजना बन्ने
![गोरखामा ७ मेगावाटको चेपे ‘ए’ जलविद्युत आयोजना बन्ने](https://rpcdn.ratopati.com/media/albums/68817354_1254923931356446_1313628220066627584_n_tuM5QSciNs.png)
गोरखा– गोरखाको चेपे खोलामा ७ मेगावाटको ‘चेपे ए जलविद्युत आयोजना’ बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिबीच ‘टेक अर पे’ को आधारमा गत फागुनमा विद्युत खरिद सम्झौतामा हस्ताक्षर भइसकेको छ ।
आयोजनाको लागत एक अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपुँजी रहनेछ भने ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना रहेको निर्माण कम्पनीले जनाएको छ । जल विद्युत् आयोजना लमजुङको दुधपोखरी र गोरखाको सिरानचोक गाउँपालिकामा बन्नेछ । आयोजनाको प्रारम्भिक वातावरण मूल्याँकनसमेत स्वीकृत भइसकेको छ ।
प्रतिमेगावाट करिव रु १८ करोड ५० लाख पर्न जाने उक्त आयोजनाले वार्षिक ४१.३७ गिगावाट विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत् वर्षायामका ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र हिउँदका ६ महिना ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हो ।
आयोजना सन् २०२२ सम्म सम्पन्न गर्ने निर्माण कम्पनी चम्पावती हाईड्रोपावरले लक्ष्य लिइएको छ । कम्पनीका अध्यक्ष डा.हरिराम पराजुलीका अनुसार प्राविधिक काम अगाडि बढेको छ । करिव क्यू–४१५ मा डिजाइन भएको चेपे ‘ए’आयोजना प्राविधिक रुपमा पनि राम्रो रहेको उनले बताए ।
प्राविधिक र आर्थिक दुबै रुपले चेपे ‘ए’आयोजना मोडल हाइड्रो पावरका रुपमा रहेको कम्पनीका एक डाइरेक्टर वरिष्ठ इन्जिनियर लक्ष्मण अर्यालले बताए । आयोजना सम्पन्न भएपछि उर्जामा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य पुरा गर्न सहयोग पुग्ने ई। अर्यालले बताए ।
उक्त आयोजना पावर हाउस तथा बाध वाध्ने स्थलमा बाह्रै महिना चल्ने सडक पुगि सकेको छ । उक्त आयोजनाको पावर हाउस गोरखाको पाण्डेवेशी तथा लमजुङ्गको वोराङ्गखोला (वस चल्ने ठाँउ) बाट १ कि.मि. दूरीमा रहेको छ । सहज भौगोलिक तथा भौगर्भिक अवस्था र सडक सुविधाबाट नजिक रहेको आयोजना भएकोले निर्माण गर्न सजिलो हुने कुरा अर्का डाइरेक्टर वरिष्ठ इन्जिनियर रामेश्वर लामिछानले बताउछन् ।
चम्पावती हाईड्रोपावर कम्पनी प्रालिको तर्फबाट डा.हरिराम पराजुली, टुक प्रसाद न्यौपाने, तिलकराज भट्टराई, श्यामथापा, रामेश्वर लामिछाने,लक्ष्मण अर्याल लगायतको उर्जा क्षेत्रमा लामो अनुभव भएका इन्जिनियरहरुको टिमले यो आयोजना निर्माण गर्न लागेको हो । यो आयोजना चेपे (कुएले खोलाको दोभानमा बाँध बाधेर चिल्ली खोला दोभानको सिरानचोक(२) साविकथालाजुङ्ग) कुभिन्डे भन्ने ठाँउमा पावर हाउस निर्माण हुन्छ । उक्तआयोजनावाट निस्कने विद्युत ५ किमी टाढा रहेको चिप्पेटी सवस्टेशनमा लगेर जोडिनेछ ।
बैकल्पिक रुपमा आयोजनाहरुलाई मध्यनजर गर्दै राष्ट्रिय प्रशारण लाइन गोरखा जिल्लाको चेपेखोलामा बन्न लागेका विभिन्न हाइड्रोपावरका आयोजनाहरुलाई लक्षितगर्दै राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको छ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले गोरखा र लमजुङ जिल्लाका नदीखोलाबाट उत्पादनहुने विद्युतको सहज रुपमा प्रशारण गर्न सिरानचोक १, केरावारीको कोदोम्वारीमा १३२ किमी प्रसारण लाइन सवस्टेशन बनाएर ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष डा पराजुलीले बताए ।
ग्रिड कम्पनीसँग छलफलमा छौ, छिटो टुंगो लगाएर चेपे तथा दरौदी लगायतका नदीका आयोजनाहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने पहलभइरहेको छ’, उनले भने, ‘यसले प्रशारण चुहावटसमेत घटाउने छ । उक्त सवस्टेशनवन्ने वितिकै चेपे तथा दरौदीका माथिल्लो भागमा रहेका नदीहरुको सवै जलविद्युत आयोजनाहरु बनाउन सहज हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते