बैंकबाट गायब भएको १ लाख २२ हजार सिसिटीभीको सहयोगमा यसरी भेटियो

रौतहट– रौतहटको गरुडास्थित राष्ट्रिय बाणिज्य बैंकबाट गायव भएको सेवाग्रहीको रकम सिसिटीभी फुटेजको आधारमा बरामद भएको छ । शुुक्रबार दिउँसो बाणिज्य बैंकको प्रबन्धकको कोठाबाट गायब भएको एकलाख २२ हजार रुपैयाँ केही घन्टा नबित्दै सिसीटिभीको सहयोगमा भेटिएको हो ।
रकम गायब भएलत्तै बैंकको सिसिटीभी फुुटेज र सोही समयमा बैंकबाट भएको चेक भुक्तानीको आधारमा मानिस पहिचान भएपछि रकम बरामद भएको हो । घटना विवरणअनुसार शुक्रबार दिउँसो गरुडा नगरपालिकाका मधेशवादी दलका नेता राजकुमार दास राष्ट्यि बाणिज्य बंैकमा चेकबाट पैसा निकाल्न गएका थिए । बैंकबाट कूल १ लाख २२ हजार रुपैयाँ निकालेर प्रबन्धकको कक्षमा बसेर दासले कागज मिलाई रहेका थिए ।
नेता दासको ध्यान कागजमा केन्द्रित हुनासाथ बैंकबाट रकम झिक्न आएका एकजना अर्का सेवाग्रही माधवनारायण नगरपालिका ३ भेलहीका सञ्जय यादवले उक्त रकम लिएर फरार भए । घटनालगतै बैंकको सिसिटीभी फुुटेज हेरियो । त्यतिमात्र होइन शुुुक्रबार १२ बजेर १२ मिनेट १२ सेकण्डमा आरोपी यादवले पनि बैंकबाट पैसा झिकेको देखियो । रकम झिकेको केही मिनेट नबित्दै यादवले पालेको फ्रेन्चकट दाह«ीको आधारमा उनलाई नियन्त्रणमा लिइएको पीडित राजकुमार दासले बताए ।
पीडित दासले घटनालगतै १० वटा मोटरसाइकलमा २० जना सहयोगी लिएर आरोपी सञ्जय यादवको घरमा गएर वडाअध्यक्ष राजकुमार साहको रोहवरमा पञ्चायती गरेर उक्त रकम फिता गरेको बताए । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले भने घटनाबारे अनुसंधान भइरहेको र दोषी ठहर भए कुनैपनि हालतमा नछोड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल