शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकछिन ज्वरो आएको थियो, सिटामोल खाए निको भयो: प्रधानमन्त्री ओली

शुक्रबार, ३१ साउन २०७६, १६ : ५१
शुक्रबार, ३१ साउन २०७६

काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो स्वास्थ्यअवस्था सामान्य रहेको बताएका छन् ।  बालुवाटारमा झापा क्षेत्र न. ५ का अगुवाकार्यकर्तासँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्यअवस्था सामान्य रहेको बताएका हुन् ।

कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले भने,म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो ? हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिए पछि सबै निको भयो । तर अफवाह म सिकिस्त भएजस्तै फैलाइयो ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भने, ‘गतहप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठिक छ भनेका छन् । अब २०–२५ बर्ष केही हँुदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।’

प्रधानमन्त्री ओलीले आफू १५ बर्ष अघि बिरामी भएको र १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको समेत स्मरण गरे । उनले भने, ‘म अहिले होइन ,१५ बर्षअघि विरामी थिए । १२ बर्षअघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ ।’ उनले भने, ‘मलाई बिरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । बिरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएर बिरामी हुँदाहुँदै पार्टी एकीकरण गरें ।’

नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले औद्योगिक पार्क निर्माण हुन लागेकोमा सबैलाई बधाइ दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप