एकछिन ज्वरो आएको थियो, सिटामोल खाए निको भयो: प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो स्वास्थ्यअवस्था सामान्य रहेको बताएका छन् । बालुवाटारमा झापा क्षेत्र न. ५ का अगुवाकार्यकर्तासँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्यअवस्था सामान्य रहेको बताएका हुन् ।
कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले भने,म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो ? हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिए पछि सबै निको भयो । तर अफवाह म सिकिस्त भएजस्तै फैलाइयो ।’
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भने, ‘गतहप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठिक छ भनेका छन् । अब २०–२५ बर्ष केही हँुदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।’
प्रधानमन्त्री ओलीले आफू १५ बर्ष अघि बिरामी भएको र १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको समेत स्मरण गरे । उनले भने, ‘म अहिले होइन ,१५ बर्षअघि विरामी थिए । १२ बर्षअघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ ।’ उनले भने, ‘मलाई बिरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । बिरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएर बिरामी हुँदाहुँदै पार्टी एकीकरण गरें ।’
नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले औद्योगिक पार्क निर्माण हुन लागेकोमा सबैलाई बधाइ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इन्डिया दुर्घटनाको एक वर्ष, सुल्झिएनन् यी छ प्रश्नको रहस्य
-
७७ वटै जिल्ला सदरमुकाममा पुग्यो फाइबर इन्टरनेट, अब सबै वडा तहमा विस्तार गरिने: मन्त्री तिमिल्सिना
-
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा उपाध्यक्ष गिरीको उपस्थितिलाई लिएर संसद्मा प्रश्न
-
सेयर बजारमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि
-
कीर्तिमानी ह्याट्रिकपछि मैदानमै किन रोए मेस्सी?
-
विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण