बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक
शुक्रबार, ३१ साउन २०७६, १२ : ३५
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधव कुमार नेपाल , विष्णु पौडेल, राम बहादुर थापा र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
विहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको हो । शुक्रबार ३ बजेका लागि बोलाईएको बैठक बिहान ११ बजेका लागि सारिएको हो ।
बैठकमा कार्यविभाजका बाँकी काम टुंगो लगाउने तथा स्कूल विभागको जिम्मेवारी तोक्ने छलफल हुने बताइएको छ । स्कूल विभागको जिम्मेवारी लिनका लागि रक्षा मन्त्री ईश्वर पोख्रेल, नारायणकाजी र घनश्याम भुसालले दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप
-
निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई सजायसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको पत्र
-
केरा खानुका फाइदा ।
-
पुरी शंकराचार्यको नेपाल भ्रमण तयारी सुरु, धनुषाको देवडिहा आउने
-
कक्षा १२ को परीक्षा गराए ‘देखाइदिने’ शिक्षकहरूको चेतावनी
-
एक खेलको नतिजामा अल्झिएको लिभरपुलको २०औँ उपाधि यात्रा