यी कम्पनी, जसको एक कित्ता सेयर किन्नै ५ हजार भन्दा बढी खर्चनुपर्छ

काठमाडौं–सबैभन्दा महंगो सेयर भएको कम्पनी कुन होला ? सबैले अनुमान लगाउन सकिने विषय हो । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको एक कित्ता सेयरकै मूल्य १९ हजार ७ सय ९२ रुपैयाँ छ । यो सबैभन्दा महंगो सेयर हो । यद्यपि यो सेयरको मूल्य घटेर यति आइपुगेको हो । यसको पछिल्लो कारोबार साउन २१ गते भएको थियो ।
सर्वाधिक महंगो भएकै कारण यसको सेयर धेरै किनबेच हुँदैन । कम्पनीले चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गरिसकेको छैन । तर प्राय यसले नाफा गरेको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । तेस्रो त्रैमासलाई आधार मान्दा यसको प्रतिसेयर आम्दानी पनि २९४ रुपैयाँ रहेको छ ।
राष्ट्रिय बिमा कम्पनी जुन सरकारी स्वामित्वको हो । यसको प्रतिसेयर आम्दानी ९ हजार ३ सय ३८ रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी पनि आकर्षक नै छ । चौथो त्रैमासको प्रतिवेदन प्रकाशित नगरिसकेको हुँदा यसको तेस्रो त्रैमाससम्मको अवस्था हेर्दा प्रतिसेयर आम्दानी २ सय ९२ रुपैयाँ ४५ पैसा छ ।
यस्तै राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य ८ हजार ५ सय ४५ रुपैयाँ छ ।
यता, बोटलर्स नेपाल तराईको पनि एक कित्ता सेयर किन्न ६ हजार ३ सय ९७ रुपैयाँ खर्चनुपर्ने अवस्था छ । यसको पछिल्लो कारोबार साउन २९ गते भएको थियो । यसले पनि चौथो त्रैमासको प्रतिवेदन प्रकाशित गरिसकेको छैन । तेस्रो त्रैमासलाई आधार मान्दा यसको प्रतिसेयर आम्दानी २ सय ५८ रुपैयाँ छ ।
पछिल्लो समय सेयर बजारले गति पक्रिन नसक्दा सेयर कारोबार उकालो लाग्न सकेको छैन । तर, सेयर बजार सुधार नहुँदा पनि सबैभन्दा महंगो सेयर यी कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि
-
स्याललाई हात्ती बनाएपछि
-
‘सरकार ढल्छ भन्नेहरू देउवा थाइल्याण्डबाट फर्केपछि फत्रक्क गले’
-
कृष्ण प्रधानका तीन कविता
-
एमाले सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन: संसद्मा गलत कुराहरूको तत्काल प्रतिवाद गर्नुस्