शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी कम्पनी, जसको एक कित्ता सेयर किन्नै ५ हजार भन्दा बढी खर्चनुपर्छ

शुक्रबार, ३१ साउन २०७६, १२ : २१
शुक्रबार, ३१ साउन २०७६

काठमाडौं–सबैभन्दा महंगो सेयर भएको कम्पनी कुन होला ? सबैले अनुमान लगाउन सकिने विषय हो । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको एक कित्ता सेयरकै मूल्य १९ हजार ७ सय ९२ रुपैयाँ छ । यो सबैभन्दा महंगो सेयर हो । यद्यपि यो सेयरको मूल्य घटेर यति आइपुगेको हो । यसको पछिल्लो कारोबार साउन २१ गते भएको थियो ।

सर्वाधिक महंगो भएकै कारण यसको सेयर धेरै किनबेच हुँदैन ।  कम्पनीले चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गरिसकेको छैन । तर प्राय यसले नाफा गरेको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । तेस्रो त्रैमासलाई आधार मान्दा यसको प्रतिसेयर आम्दानी पनि २९४ रुपैयाँ रहेको छ । 

राष्ट्रिय बिमा कम्पनी जुन सरकारी स्वामित्वको हो । यसको प्रतिसेयर आम्दानी ९ हजार ३ सय ३८ रुपैयाँ छ ।  यसको प्रतिसेयर आम्दानी पनि आकर्षक नै छ । चौथो त्रैमासको प्रतिवेदन प्रकाशित नगरिसकेको हुँदा यसको तेस्रो त्रैमाससम्मको अवस्था हेर्दा प्रतिसेयर आम्दानी २ सय ९२ रुपैयाँ ४५ पैसा छ । 

यस्तै राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य ८ हजार ५ सय ४५ रुपैयाँ छ । 

यता, बोटलर्स नेपाल तराईको पनि एक कित्ता सेयर किन्न ६ हजार ३ सय ९७ रुपैयाँ खर्चनुपर्ने अवस्था छ । यसको पछिल्लो कारोबार साउन २९ गते भएको थियो । यसले पनि चौथो त्रैमासको प्रतिवेदन प्रकाशित गरिसकेको छैन । तेस्रो त्रैमासलाई आधार मान्दा यसको प्रतिसेयर आम्दानी २ सय ५८ रुपैयाँ छ । 

पछिल्लो समय सेयर बजारले गति पक्रिन नसक्दा सेयर कारोबार उकालो लाग्न सकेको छैन । तर, सेयर बजार सुधार नहुँदा पनि सबैभन्दा महंगो सेयर यी कम्पनीको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप