आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै, प्रहरी कार्यालय अगाडि प्रदर्शन

शुक्रबार, ३१ साउन २०७६, ११ : १८
शुक्रबार, ३१ साउन २०७६

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ काकार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई म्याद थप गर्न जिल्ला अदालत लैजाने तयारी भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने र कँडेललाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ । 

लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् । 

यता पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकी ओखलढुङ्गाकी अस्मिता कार्कीमाथि पनि म्याथ थप गरेर अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो । 

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप