शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माछापोखरीमा पसेको गोहीको उद्धार

शुक्रबार, ३१ साउन २०७६, १० : २१
शुक्रबार, ३१ साउन २०७६

कैलालीको टीकापुर–७ बेलुवामा पोखरीमा पसेको मगर गोहीको उद्धार गरिएको छ । 

पथरैया नदीबाट स्थानीय टेकबहादुर मल्लको माछा पोखरीमा पसेको गोहीको प्रहरी र स्थानीय संरक्षणकर्मीले उद्धार गरी पथरैया र काढा नदीको दोभानमा छोडेका छन् । 

पोखरीमा गोही देखेपछि माछापालक मल्लले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी चौकी सत्तीका इञ्चार्ज दौलत पुजारा, प्रहरी हवल्दार रामचरण चौधरी, डल्फिन संरक्षण समितिका अध्यक्ष भोजराज ढुङ्गाना, स्थानीय संरक्षणकर्मी रामकृष्ण चौधरी, धनीराम रेग्मीलगायतले गोहीको उद्धार गरेका थिए । पथरैया नदीबाट माछा पोखरी एक किलोमिटरको दूरीमा पर्छ । 

डल्फिन संरक्षण समितिका अध्यक्ष ढुङ्गानाका अनुसार भाले जातको गोही  डेढ मिटर लामो र १५ किलो तौलको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप