शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनका परिवारका सदस्यले किन भाग लिन पाउँदैनन् ‘को बन्छ करोडपति’मा ?

शुक्रबार, ३१ साउन २०७६, ०९ : ४५
शुक्रबार, ३१ साउन २०७६

भारतको चर्चित खेलसम्बन्धी रियालीटी शो ‘कौन बनेगा करोडपति’का सञ्चालक महानायक अमिताभ बच्चनका परिवारले उक्त कार्यक्रममा भाग लिन पाउँदैनन् । 

केहि समयमा नै सुरु हुन लागेको ‘सीजन ११’ को विषयमा गरिएको एक कार्यक्रममा अमिताभले उक्त शोसँग जोडिएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उक्त खुलासा गरेका हुन् ।

उनले उक्त शोमा आफ्ना परिवारका सदस्यले सहभागिता जनाउन नपाउने कुरा उल्लेख गरेका थिए । उनीहरु आफ्ना कुनै पनि प्रोजेक्टको प्रमोशन गर्न आउन सक्ने भए पनि प्रतियोग बन्ने नसक्ने उनले बताएका छन् । शोमा भाग लिन परिवारको सदस्यलाई अनुमति छैन । 

साथै, उनले आफ्नो परिवारका सदस्यमा सामान्य ज्ञानको कमी भएकाले ‘हट सिट’ मा बस्न डराउँने पनि उल्लेख गरे । 

यता, अमिताभ बच्चनलाई उनका परिवारले उक्त शो नगर्न सुझाव दिएको समेत उनले बताए । सन् २००० मा सुरु भएको रियालिटी शो नगर्न परिवार र केहि मानिसको सुझाव समेत आएका उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप