नेकपा प्रमुख सचेतक ढकालको घरमा मध्यरातमा ३ वटा बम प्रहार
शुक्रबार, ३१ साउन २०७६, ०७ : ३०
बुटवल नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक भुमीश्वर ढकालको घरमा मध्यरातमा बम प्रहर भएको छ ।
रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा मध्यरातमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।
ढकाल सुत्ने कोठा , बावाआमा सुत्ने कोठा र ढकालको गाडी लु१ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ । वम कसले प्रहार गरेको भन्ने बिषयमा अझै खुल्न नसकेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताए ।

सचेतक ढकाल चार देखी बिरामी भएको कारणले काठमाडौ मेडिसिटी अस्पताल उपचारत रहेका छन् ।
उनले आफु उपचारको लागि काठमाडौँ रहेको बेला राती दुई बजेतिर घरमा बम प्रहार भएको जानकारी पाएको बताए ।
घटनापछि ईलाका प्रहरी सैनामैना प्रहरी निरिक्षक नेतृत्वमा घटना स्थलमा पुगेको छ । प्रहरीले घटनाबारे बिभिन्न व्यतिहरु सोधपुझ गरीरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण