वडाध्यक्षबाटै कुटिए सेवाग्राही
शुक्रबार, ३१ साउन २०७६, ०६ : ५८
जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय दिन्छु भन्नेबाटै हातपात भएपछि अवस्था कस्तो होला ?
सिरहामा यस्तै भएको छ, नागरिकता लिन वडा कार्यालय पुगेका एक सेवाग्राही सहज सेवाको साटो वडाअध्यक्षबाटै कुटिएका छन् ।
सिरहा नगरपालिका १८ तारापट्टी कुर्मी टोलका २५ वर्षीय मनोजकुमार रायलाई उनकै वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूले कुटपिट गरेको हो ।
वडाभित्र तारापट्टीमा सिँचाइ बोरिङको उपभोक्ता समिति निर्माण गर्न असार २५ गते बुबा रामसेवा रायको सक्कल नागरिकता प्राणपत्र वडाध्यक्षलाई जिम्मा दिइएको थियो ।
त्यही नागरिकता फिर्ता लिन साउन २८ गते दिउँसो वडा कार्यालय पुगेका मनोजमाथि वडाध्यक्षबाट कुटपिट भएको हो । यो समाचार कान्तिपुर दैनिकमा भरत जर्घामगरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद
-
बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएको छ : अर्थमन्त्री
-
नयाँ वर्षमा द क्लिफमा गायिका रचनाको प्रस्तुति