हङकङ प्रहरीद्वारा तीन महिनाको अवधिमा ७४८ प्रदर्शनकारीलाई पक्राउ
हङकङ-हङकङ प्रहरीले गत जुनदेखि शुरू भएको आन्दोलनमा सहभागी ७४८ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको हङकङ प्रहरीले बिहीबार जानकारी गराएको छ ।
जुन ९ गतेदेखि भएका विरोध तथा प्रदर्शन कार्यक्रमका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
हङकङ प्रहरीको जनसम्पर्क शाखाका वरिष्ठ प्रहरी उपरिक्षक कोङ विङ–चेउङले हङकङमा प्रदर्शनकारीको पक्राउ परेको जानकारी दिँदै भने, “प्रहरी प्रशासनले पक्राउ परेकामध्ये ११५ जनाविरूद्ध विभिन्न आक्रमणमा दोषी भएको आरोपमा मुद्धा चलाएको छ ।”
कोङका अनुसार प्रहरीले १७ जनालाई बुधबार शाम शुई पो र टीन शुई वेईस्थित प्रहरी चौकीहरूमा आक्रमण गरेको आरोपमा हिरासतमा लिई अनुसन्धान थालिएको छ । पक्राउ परेकामा दुई महिलासमेत रहेका र उनीहरू १५ बर्षदेखि ६१ बर्ष उमेर समूहका नागरिक रहेका छन् ।
उनले भने, “पक्राउ परेका सबैजनालाई प्रशासनले निशेध गरेको स्थानमा भेला भएको, गैरकानूनीरूपमा पटाका तथा अतिसबाजी गरेको, राष्ट्रिय झण्डाको अपमान गरेको, गैरकानूनीरूपमा हतियार राखेको, सार्वजनिक सामान क्षति गरेको र आगलागीको प्रयास गरेको आरोपमा पक्राउ गरी छानविन भइरहेको छ ।”
प्रदर्शनकारी र प्रहरीबीच यो समयमा भएका झडपमा परी ११ महिला प्रहरीसहित १७७ प्रहरी घाइते भएका छन् । -सिन्ह्वा/photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक