शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के

बिहीबार, ३० साउन २०७६, २१ : ४८
बिहीबार, ३० साउन २०७६

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । विमानस्थलको निरीक्षणका क्रममा आज प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत निर्देशन दिए । 

विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङलगायत हवाई सुरक्षासँग सम्बन्धित प्रहरीको कामकारवाहीको उनले निरीक्षण गरेका थिए । उनले विमानस्थलका अधिकारीहरुसँग भेटघाट गरी सुरक्षालाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप