न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने पक्राउ
बिहीबार, ३० साउन २०७६, १९ : ३९
१
काठमाडौं– न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने र कँडेललाई आज न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई चितवन ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
पत्रकार लामिछाने र कँडेललाई केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनी र सो घटनाका बारेमा बुझ्न नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
पहिले न्युज २४ टेलिभिजनमा नै काम गरेका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि लामिछानेकै कारण जीवन त्याग गर्नुपरेको भिडियो रेकर्ड सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण