स्थानीयवासीले दले वडाअध्यक्षलाई कालोमोसो

जनकपुर– पर्सामा एक जनप्रतिनिधिले अपशब्द प्रयोग गरेपछि स्थानीयवासीले कालोमोसो दलेका छन् । पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ स्थित बहुअर्वाका वडाध्यक्ष सञ्जय चौहानसँग विकास निर्माणको बारेमा सोधखोज गर्दा गालीगलौज गरेपछि स्थानीयवासीले कालोमोसोसहित हातपात गरेका हुन् ।
वडाध्यक्ष चौहानले अपशब्द प्रयोग गरेपछि आक्रोशित स्थानीयवासीले दुव्र्यवहार गरेको बताए । स्थानीय कृष्ण ठाकुरको अगुवाईमा वडा कार्यालयमा पुगेको समूहले वडाध्यक्ष चौहानमाथि हातपातसहित कालोमोसो दलेको हो ।
केही समय पहिले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अन्सारीमाथि पनि विकास निर्माणकै विषयमा विवाद हुँदा कुटपिट भएको थियो । विगत केही दिनदेखि पर्साका स्थानीयतहमा जनप्रतिनिधिहरुको कार्यशैलीप्रति स्थानीयवासीहरुको आक्रोश बढ्दै गएको छ । स्थानीय तहमा हुने भ्रष्टाचारका विरुद्धमा स्थानीयवासीहरु अगाडि बढ्दै गएका छन् ।
त्यसैगरी कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हिराबहादुर थापालाई पनि कालोमोसो र चप्पलको माला लगाएर दुव्र्यवहार भएको छ । बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको थियो ।
कालोमोसो लगाउने समूहको पहिचान भइनसकेपनि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कालोमोसोसहित हातपात गरेको हुन सक्ने आशंका प्रहरीको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी भन्छन्– ‘वडा कार्यालयमा भएको घटनामा विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ’, उनले अझै थप्दै भने– ‘कालोमोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ ।’
वडाध्यक्ष थापामाथि विप्लव समूहले विद्यालयमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने
-
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
-
महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु
-
नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीको ज्यादती
-
एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु
-
च्याम्पियन्स ट्रफी : अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित