शिवमको नाफा ३१.४८ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति पुग्यो ?
बिहीबार, ३० साउन २०७६, १४ : ३३
![शिवमको नाफा ३१.४८ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति पुग्यो ?](https://rpcdn.ratopati.com/media/albums/Shivam_Bora_9Vv1mkcyxy.jpg)
काठमाडौं– शिवम् सिमेन्टले ३१.४८ प्रतिशतले नाफा बढाएको प्रतिवेदन सार्वजनिक गरेको छ । शिवम्ले १ अर्ब ५० करोड ३२ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष शिवम्ले १ अर्ब १४ करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
शिवम्ले ११ अर्ब ३४ करोड ५१ लाख १४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । बिक्री लागत सात अर्ब २७ करोड ७५ लाख ३० हजार रुपैयाँ छ । शिवम्को प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा (वार्षिक) छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ६० पैसा छ ।
शिवम्ले केही समय अघि प्रिमियम मूल्यमा आइपिओ जारी गरेको थियो । कम्पनीले स्थानीयका लागि २ सय रुपैयाँ प्रतिकित्ताका दरले र सर्वसाधारणका लागि ३ सय रुपैयाँ प्रतिकित्ताका दरले आइपिओ जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)