शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शिवमको नाफा ३१.४८ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति पुग्यो ?

बिहीबार, ३० साउन २०७६, १४ : ३३
बिहीबार, ३० साउन २०७६

काठमाडौं– शिवम् सिमेन्टले ३१.४८ प्रतिशतले नाफा बढाएको प्रतिवेदन सार्वजनिक गरेको छ । शिवम्ले १ अर्ब ५० करोड ३२ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष शिवम्ले १ अर्ब १४ करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

शिवम्ले ११ अर्ब ३४ करोड ५१ लाख १४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । बिक्री लागत सात अर्ब २७ करोड ७५ लाख ३० हजार रुपैयाँ छ । शिवम्को प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा (वार्षिक) छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ६० पैसा छ । 

शिवम्ले केही समय अघि प्रिमियम मूल्यमा आइपिओ जारी गरेको थियो । कम्पनीले स्थानीयका लागि २ सय रुपैयाँ प्रतिकित्ताका दरले र सर्वसाधारणका लागि ३ सय रुपैयाँ प्रतिकित्ताका दरले आइपिओ जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप