भारतले वितरण गर्यो ३० एम्बुलेन्स र ६ बस

काठमाडौं– नेपालस्थित भारतीय दूतावासले भारतको ७३ औं स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा दूतावासले ३० वटा एम्बुलेन्स र ६ वटा बस वितरण गरेको छ ।
दूतावासमा विहिवार आयोजित एक कार्यक्रमा राजदूत मन्जिम्भसिंह पुरीले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई सो बस र एम्बुलेन्स वितरण गरेको दूतावासले जनाएको छ । दिवसको अवसरमा राजदूत पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डात्तोलन पनि गरे ।
वितरणपछि राजदूत पुरीले आफ्नो धारणा राख्दै यसप्रकारको परोपकारी सहयोग अदान प्रदानले नेपालको सामाजिक– साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।
भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ वटा एम्बुलेन्स र १४८ वटा बस उपहार स्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ । दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारीहरु तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन
-
अवैध लागु औषधसहित ५ जना पक्राउ
-
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
-
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात