शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नियम विपरीत ‘हजार जुनिसम्म’ रिलिज

बिहीबार, ३० साउन २०७६, १३ : ०३
बिहीबार, ३० साउन २०७६

काठमाडौँ– दशैं, तिहार, तीज र नयाँ वर्षबाहेक नेपाली फिल्म रिलिजका लागि शुक्रबार कुर्नु पर्ने नियम छ । 

त्यसैले पनि यी अवसर बाहेक अन्य समय फिल्म रिलिज हुँदा शुक्रबार मात्र हुने गरेका छन् ।

तर, फिल्म ‘हजार जुनीसम्म’ भने उक्त नियम बिपरित प्रदर्शनमा आएको छ । फिल्म आज रक्षा बन्धनको अवसर पारेर देशभर प्रदर्शनमा आएको हो । 

केही पहिले चलचित्र विकास बोर्डले बलिउड फिल्म ‘कलंक’लाई नेपालमा शुक्रबार मात्र फिल्म रिलिज भनेर रोकेको थियो । तर आज बिहिबारबाट प्रदर्शनमा आएको यो फिल्मलाई भने बोडले रोक लगाएको छैन ।
यस बिषयमा कुनै कानुन नभएकोले कडा रुपमा आफु उत्रिन नसकेको बोर्ड अध्यक्ष केसव भट्टराइले बताए ।

‘म निर्माता संघमा हुँदा निर्माता संघ र चलचित्र संघको छलफलबाट हामीले नियम बनाएका थियौ । बिकाश बोडमा म आएपछि हिन्दी फिल्मले यो नियमि मिच्न खोज्दा रोकेको पनि हो’ अध्यक्ष भट्टराइले भने ‘अहिले नेपाली फिल्म नै उत्रिएपछि के गर्ने । कारबाही गर्न कानुन छैन ।’

यस बिषयमा निर्माता संघ र चलचित्र संघलाई पहिलै सजक गराएपनि बेवास्ता गरेका कारण आज फिल्म रिलिज भएको बोर्ड अध्यक्ष भट्टराइले खुलाए ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने बोर्डलाई आफुहरुले पहिले नै शुक्रबार मात्र फिल्म रिलिज गर्न लिखित अनुरोध गरेको बताए ।

‘हामीले राज्यको कुनै अंगलाई यसो गर्नु भनेर भन्न सक्दैनौ र मिल्दैन पनि’ अधिकारीले भने ‘यस बिषयमा बोडलाई हामीले अनुरोध भरिएको पत्र धेरै पहिले पठाएका छौ । सोही बिषयमा पटकपटक पत्र पठाउनु पनि पर्दैन ।’ कनुनको अभावमा पटक पटक यस्तो अवसथा आउने गरेको बुझेका आकाशले बोडले यस बिषयमा कानुन बनाएर उपयुक्त कदम चाल्नु पर्ने बताए । उनले थपे ‘ बोडले आवश्यक ठानेको सहयोग र सल्लाह दिन हामी तयार छौ ।’  

‘हजार जुनीसम्म’ जनै पुर्णिमाको बिदाको ब्यवसायिक लाभ उठाउने उदेश्यले आज बिहीबार (साउन ३०) प्रदर्शनमा आएको हो । सरकारले यस वर्ष जनै पूर्णिमाको विदा दिएको छैन । धेरै पहिले यो मिति प्रदर्शन मितिको रुपमा प्रचार गरिएकोले पनि फिल्म आजै रिलिज भएको हुनसक्छ । 

यस बिषयमा निर्माता निर्देशक बिकाश आचार्यसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।   

गीतसंगीत र ट्रेलरले दर्शकमा क्रेज बनाउन सफल यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतका कलाकारको अभिनय छ । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।
फिल्मले मल्टीप्लेक्समा राम्रो सोज हात पारेको छ । अधिकांश सिंगल थिएटरमा रिलिज भएको छ ।

फिल्मले सिंगल थियटरमा कल प्रदर्शन पाएपनि मल्टीप्लेक्समा भने बलिउडका दुई ठूला ‘मिशन मंगल’ र ‘बाटला हाउस’सँग स्पर्धा गर्नुपर्ने देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप