श्वेता तिवारीका श्रीमान् अभिनवले मुख खोले, सौतेनी छोरीको आरोपमा के भने ?
टेलिभिजन नायिका श्वेता तिवारीको जीवनमा उथल–पुथल चलिरहेको छ । नायक अभिनव कोहलीसँग उनको दोस्रो विवाहमा पनि समस्यामा आइरहेको छ । अभिनवमाथि सौतेनी छोरी पलकसँग दुर्व्यवहार र अभद्र टिप्पणी गरेको आरोप छ । अभिनवमाथि श्वेतालाई कुटपिट गरेको आरोप छ । यो मामलामा अभिनव अदालतमा पेश भएका थिए । यद्यपि, अब उनी जमानतमा छुटेका छन् ।
विवादका बीच अभिनव कोहली एक शर्ट फिल्मको स्क्रिनिङमा पुगे । जहाँ उनले आफूमाथि लागेको आरोपबारे मुख खोलेका छन् ।
अभिनव कोहलीले स्क्रिनिङको क्रममा स्पटबोयसँग कुराकनी गरे । जब नायकलाई कस्तो छ भनेर सोधियो तब अभिनवले भने, ‘म ठिक हुँदै छु ।’
के यो मामलाले उनलाई तनाव दिइरहेको छ ? यसको जवाफमा अभिनवले खासै खुलेर भनेनन्, ‘यो हो...धेरै...मेरो लागि...यो अहिले नै समाप्त भएको छैन, अहिले पनि जारी छ ।’
अभिनव कोहलीलाई के उनी साधारण जीवनमा फिर्ता भइसकेका छन् भनेर प्रश्न सोधियो तब उनले भने, ‘जीवन चलिरहेके छ तर साधारण हुन थोरै समय लाग्नेछ ।’
जेलबाट फर्किएपछि के उनको श्वेता तिवारीसँग भेट भयो ? यसको जवाफमा अभिनवले भने, ‘हो, मैले उनलाई भेटेको थिएँ । यो मेरो पारिवारिक मामला हो ।’
यद्यपि, सौतेनी छोरी पलक तिवारीको आरोपमा अभिनवले केही पनि बयान दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
