शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कार्यविभाजन टुङ्ग्याउन ओली–प्रचण्ड र बादल बिहानैदेखि गृहकार्यमा

बिहीबार, ३० साउन २०७६, १२ : १९
बिहीबार, ३० साउन २०७६

काडमाडौँ–नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड कार्यविभाजनका सवै काम बिहीबार टुङ्ग्याउने गरी गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालय सदस्य रामबहादुर थापा बादल सहित अध्यक्षद्वय बिहानदेखि गृहकार्यमा जुटेका हुन् । 

दिउँसो सचिवालय बैठक बस्नुअघि सबै विभाग, जनवर्गीय संगठन, मञ्च लगायत कार्यविभाजनका बाँकी काम टुंगो लगाउने गरी घनिभूत रुपमा छलफल भैरहेको बताइएको छ । तर, स्कूल विभागमा भने अहिले पनि अध्यक्षद्वयबीचमा सहमति जुटेको छैन । 

प्रधानमन्त्री एवं अध्यक्ष ओली स्कूल विभागको जिम्मा सचिवालय सदस्य ईश्वर पोखरेललाई दिनुपर्ने अडानमा छन् । अध्यक्ष प्रचण्ड भने केही लचिलो भएका छन् । सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका हकमा सहमति जुट्न नसके स्कूल विभाग अध्यक्षद्वयकै मातहतमा राख्नुपर्ने अडानमा छन् । स्कूल विभाग कस्ले लिने भन्नेबारेमा पनि आजै सहमति जुट्ने बताइएको छ ।  

पूर्वएमाले समूहमा जनवर्गीय संगठनको इन्चार्जलाई लिएर अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएपछि बुधबारका लागि बोलाइएको सचिवालय बैठक बिहिबारलाई सारिएको थियो । बैठक आज ३ बजे बस्दैछ । 

नेकपामा ३३ (नीति प्रतिष्ठान सहित) विभाग छन् । जसमा पूर्व एमालेले १८(नीति प्रतिष्ठान सहित) र पूर्व माओवादीले १४ विभागको नेतृत्व लिने सहमति भैसकेको छ । तर, स्कूल विभागमा भने विवाद कायमै छ । यस्तै २२ जनवर्गीय संगठनका इन्चार्ज मध्य यूवा, महिला पूर्व एमालेले लिने सहमति भैसकेको छ । पूर्व माओवादीले विद्यार्थीसहित अन्य केही जनवर्गीय संगठनको इन्चार्ज लिने भएको छ । 

तीन आयोगमध्ये दुई आयोग पूर्व एमाले र एक आयोगको प्रमुख पूर्व माओवादीले लिने सहमति भएको छ । यस्तै सम्पर्क समन्य कमिटी पूर्व एमालेले लिने भएको छ । पूर्व एमाले र पूर्व माओवादीको भागमा परेका विभागमा भने यसअघिनै मोटामोटी सहमति भैसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप