शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तस्विरमा बटुकहरुको जनैपूर्णिमा

बिहीबार, ३० साउन २०७६, १० : ५३
बिहीबार, ३० साउन २०७६

काठमाडौं– आज हिन्दुधर्मावलम्बीहरुले नाडीमा धागोको डोरो बाँधेर रक्षाबन्धन र शरीरमा जनै लगाएर जनैपुर्णिमा मनाउँदैछन् । 

आजका दिन रक्षा बन्धन र जनै लगाउनेको विभिन्न मन्दिरहरुमा घुइँचो लाग्ने गर्छ । 

आज बिहानै नुहाइधुवाई गरी रक्षा बन्धन तथा मन्त्रोचरणसहति जनै लगाएमा रोगव्याध नलाग्ने सामाजिक मान्यता समेछत छ । 

जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा व्रम्हाणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ ।

रातो, पहेंलो रंगको डोरा बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ । 

यसै अवसरमा पशुपतिस्थित संस्कृत विद्या पिठमा रहेका बटुकहरुले समेत आज सामुहिक जनै लगाएका छन् । 

जनै पुर्णिमाका अवसरमा आइतबार काठमाडौको पशुपति, पाटको बंगलामुखिस्थित कुम्भेस्वरलगायतका मन्दिरमा मेला समेत लागेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप