बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुलले जित्यो सुपर कप

बिहीबार, ३० साउन २०७६, ०८ : ५२
बिहीबार, ३० साउन २०७६

युरोपेली सुपर कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । च्याम्पियन्स लिग विजेता समेत रहेको लिभरपुलले चेल्सीलाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो । बुधबार राति भएको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पनि २–२ गोलको बराबरीमा सकिएपछि खेलको नजिता टाईब्रेकरबाट निकालिएको थियो ।

खेलमा सुरुवाती अग्रता चेल्सीले लिएको थियो । ३६औं मिनेटमा ओलिभर गिरोडले गोल गर्दै चेल्सीको उत्साह बढाए । उनले क्रिस्टियन पुलिसिकको पासमा पोस्ट् नजिकबाट गोल गरेका थिए । त्यसपछि जोसिएको लिभरपुलले दोस्रो हाफको सुरुवातमा बराबरी गोल फर्कायो । ४८औं मिनेटमा लिभरपुलका साडियो मानेले बराबरी गोल गरे । अतिरिक्त समयको ९५औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाए । १०१औं मिनेटमा चेल्सीले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टीलाई जर्जिन्होले सदुपयोग गरेका थिए । त्यसपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

टाईब्रेकरमा लिभरपुलका सबै प्रहार सफल बनेको थियो । चेल्सी चारवटा प्रहारमा मात्र सफल बन्यो । पेनाल्टीमा चेल्सीका ट्यामी अब्राहम चुकेका थिए । अब्राहमको प्रहारलाई गोलरक्षक एड्रीएनले विफल पारेपछि लिभरपुल च्याम्पियन बनेको थियो । चेल्सी भने लगातार तेस्रो पटक फाइनलमा चुक्यो । लिभरपुलको यो यो लिभरपुलकोचौथो सुपर कप उपाधि हो । उस उपाधि स्पेनिस महारथि बार्सिलोना र इटालियन क्लब एसी मिलानले सर्वाधिक पाँच पाँच पटक जितेका छन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप