स्कुल विभाग कसले लिने विवाद उत्कर्षमाः तनावमा ओली–प्रचण्ड
बिहीबार, ३० साउन २०७६, ०७ : २९

नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको बैठक असफल हुँदै आएको छ।
दुई पार्टी एकीकरण गर्न सहमति जुटाउनुभएका अध्यक्षद्वयबीच स्कुल विभागको जिम्मेवारी बाँडफाँडलाई लिएर अविश्वास र आशंका समेत उत्पन्न भएको छ।
नेकपाभित्र स्कुल विभागको प्रमुखको विषयलाई लिएर प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ। अध्यक्ष ओली सचिवालय सदस्य ईश्वर पोखरेलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने अडानमा हुनुहुन्छ भने प्रचण्ड सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने पक्षमा अडानमा रहनुभएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड