बीआरआईमा नेपालः न योजना न संयन्त्र, चिनियाँ असन्तुष्ट
बिहीबार, ३० साउन २०७६, ०७ : ०२
चीनको महत्वकांक्षी योजना ‘बेलट एन्ड रोड इनिसिएटिभ्स’ (बिआरआई)मा सहभागी भएको दुई वर्षभन्दा बढी बितिसके पनि नेपालको त्यसका लागि कुनै योजना दिन वा संयन्त्र बनाउनसमेत सकेको छैन ।
श्रीलंका, पाकिस्तानलगायतका मुलुकमा बिआरआईका लागि कार्यकारी प्रमुखको नेतृत्वमा संयन्त्र गठन गरी काम गरिसकेका छन् । नेपालले प्रष्ट योजना प्रस्तुत गर्न र औपचारिक संयन्त्र बनाउन नसकेकामा चिनियाँ पक्ष असन्तुष्ट रहेको जानकारहरुले बताएका छन् ।
नेपाल बीआरआईमा सहभागी हुने सम्झौता २०७४ वैशाख २९ मा भएको थियो । हरेक तीन वर्षमा सदस्यता नवीकरण हुने यो सम्झौताको पहिलो चरण ठोस प्रगतिबिना सन् २०२० मा सकिँदै छ ।
चीनले बिआरआईमार्फत १५२ देशमा ४०० अर्ब डलरको भौतिक पूर्वाधार, रेल सडक यातायातलगायत ठूला परियोजना बनाइसकेको छ । यो समाचार कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै