बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्युत प्राधिकरणका २ जना कर्मचारी अख्तियारको नियन्त्रणमा

बुधबार, २९ साउन २०७६, २३ : ०६
बुधबार, २९ साउन २०७६

बुटवल-अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नेपाल विधुत्त प्राधिकरण त्रिवेणी शाखा कार्यालय नवलपरासीका दुई जना कर्मचारीलाई घुस लिँदै गर्दा रंगेहात प्रकाउ गरेको छ ।

अख्तियारको टोलीले विधुत प्राधिकरणका चौथो तहका कर्मचारी मेघराज काप्ले र प्राविधिक नारायण कुर्मीले सेवाग्राहीसँग थ्री पेस लाईन जडान गर्नको लागि भन्दै ४६ हजार ५ सय ५५ रुपयाँ लिँदै गर्दा प्रकाउ गरेको हो ।

उनीहरुलाई आज साँझ कार्यालय परिसरबाट नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता शुरेस भुषालले रातोपाटीलाई बताए । दुवै जनालाई अहिले अख्तियार बुटवल कार्यलयमा राखेर बयान लिइरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप