शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र बनाउँदा सुरक्षा संवेदनशीलता आवश्यक छ:आइजीपी खनाल

बुधबार, २९ साउन २०७६, २२ : ४२
बुधबार, २९ साउन २०७६

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चलचित्र निर्माण गर्दा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्नुपर्ने बताएका छन् ।  नेपाल प्रहरीको आयोजनामा आज राजधानीमा आयोजित चलचित्रकर्मीसँगको अन्तक्र्रियामा उनले कलाकारिता र लेख रचनामार्फत सोहीअनुरुपको सन्देश जनसमक्ष पु¥याउन चलचित्रकर्मीले साथ दिनुपर्ने बताए । 

उक्त अवसरमा चलचित्रकर्मी आकाश अधिकारीले प्रहरीसँग आपसी समन्वय र सहयोग जारी रहने उल्लेख गरे । अर्का चलचित्रकर्मी नीर शाहले नेपाली चलचित्र उद्योगसँग प्रहरीको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा पारस्परिक सहयोग आदानप्रदान गर्न चलचित्र उद्योग तयार रहेको बताए । सामाजिक दायित्वबोध कमी भएको कारण निस्कने अप्ठ्यारो न्यून गर्न अन्तक्र्रियाले सहयोग गर्ने उनको भनाइ थियो । 

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले कार्यक्रममा चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तुअनुसार चलचित्रमा पक्राउ परेका व्यक्तिउपर कानूनसम्मत एवं मानवोचित व्यवहार, चलचित्र छायाङ्कनपूर्व प्रहरीप्रधान कार्यालयसँग समन्वय जस्ता विषयमा छलफल भएको जानकारी दिए । 

यसैबीच आजै प्रहरी प्रधान कार्यालयमा आयोजित ‘मानव बेचबिखनविरुद्धको राष्ट्रिय अभियानमा सरोकारवालाको साझेदारी भूमिका’ विषयक अन्तक्र्रियामा प्रहरी महानिरीक्षक खनालले मानव बेचबिखनमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरोकारवाला निकाय ऐक्यबद्ध हुन जरुरी रहेको बताए । उनले बेचबिखन रोक्न सरोकारवाला निकायबीच समिति बनाई अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप