कार्यकर्ताको मनोबल बढाउन जिल्ला जानोस् : कमल थापा
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताको मनोबल उच्च राख्न देशभर सघन रूपमा प्रशिक्षण सञ्चालन गर्न केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएका छन् ।
केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकलाई आज यहाँ सम्बोधन गर्दै थापाले अहिले मुलुकको अवस्था विषम परिस्थितिबाट गुज्रिरहेकोले तरल अवस्थाबारे कार्यकर्तालाई जगाउनु र सचेत गराउनु आवश्यक भएको विचार व्यक्त गरे ।
थापाले प्रशिक्षकलाई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै देशदौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकलाई दृढ भएर प्रस्तुत हुन जोड दिए । “तपाईहरु अध्यनशील हुनोस्, चिन्तन र विश्लेषण गर्ने गर्नोस्, बहस गर्ने बानी बसाल्नुस”, थापाले भने ।
थापाले राप्रपा परिवर्तन विरोधी शक्ति नभएको स्पष्ट पारे । राप्रपा राष्ट्रवादी शक्ति हो, प्रजातन्त्रबादी शक्ति हो भन्दै थापाले निरन्तरतासहितको परिवर्तन मात्र टिकाउ हुने विचार व्यक्त गरे । कार्यक्रममा पार्टीका वरिष्ठ नेता दीपक बोहरा, महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र भाष्कर भद्रा, प्रशिक्षण विभाग प्रमुख भुवन पाठकलगायतको उपस्थिति थियो । भदौ महीनामा ७७ जिल्लामा र असोज महीनामा ७५३ स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा