शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम व्यवस्थापन अत्यन्त चुनौतिपूर्णः गभर्नर नेपाल

बुधबार, २९ साउन २०७६, १८ : ४४
बुधबार, २९ साउन २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले वर्तमान परिप्रेक्ष्यमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम व्यवस्थापन अत्यन्त सान्दर्भिक र चुनौतिपूर्ण भएको बताएका छन् । 

काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजित बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको प्रथम वार्षिकोत्सवमा आयोजित ‘अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी २०१९’ लाई सम्बोधन गर्दै डा. गभर्नरले जोखिम व्यवस्थापनका लागि केन्द्रिय बैंकले आवश्यक नीति नियम र निर्देशनहरु जारी गरेको र तीनलाई पालना गरेर तथा संस्थागत सुशासन कायम गरेर नै जोखिम व्यवस्थापन गर्न सकिने बताए ।

उक्त अवसरमा बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल र भारतका प्रतिष्ठित संस्थाहरु बिर्ला इन्स्टिच्यूट अफ म्यानेजमेन्छ टेक्नोलोजी तथा केयर एडभाइजर रिसर्च बीच आगामी दिनहरुमा मानव संसाधन विकास तथा क्षमता अभिवृद्घि सम्वन्धि संयुक्त कार्यक्रम गर्ने सम्वन्धि आपसी समझदारी सम्पन्न भयो । 

बैंक तथा वित्तीय संस्थाहरुका करीव २५० जना प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा जोखिम, वित्तीय क्षेत्रको आधुनिकिकरण र जोखिम व्यवस्थापन सम्वन्धि निम्नलिखित ३ शिर्षकहरुमा छलफल तथा टिप्पणी गरीएको थियो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्रले केन्द्रिय बैंकले बैंक तथा वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि लिएको नीतिगत व्यवस्था र केन्द्रिय बैंकले खेल्ने अभिभावकिय भूमिकाका विषयमा धारणा राखे ।

यसै गरी बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सीए सुदीप खनालले नेपालको वित्तीय क्षेत्रमा देखिएका जोखिमहरुको उचित व्यवस्थापन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुले आप्mना संस्थापकहरु, संचालकहरु र कर्मचारीहरु सवैले प्रण गर्नुपर्ने तथा डिएनएमा नै यसलाई नीतिगत रुपमा आत्मसात गर्नुपर्ने कुरामा जोड दिए ।

गोष्ठीमा बिएफआईएनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले प्रविधिको विकासले वित्तीय क्षेत्रमा धेरै अवसरहरुको सिर्जना गरेको र यसले उत्तिकै जोखिमहरु पनि उत्पन्न गरेको बताए ।

प्रविधिको विकास संगसंगै  डाटा फ्रड, चोरी, साइबर आक्रमण, आलोचनात्मक सूचना पूर्वाधार ब्रेकडाउन जस्ता जोखिमहरु मानव संसाधनको क्षेत्रमा क्रोधको राज्य चल्ने, नकारात्मक मनोवृत्ति, असामान्य व्यवहार, कार्यजीवन असन्तुलन, टेक्नोलोजीको लत जस्ता धेरै जोखिमहरु देखा पर्न सक्ने भएकाले यस्ता समस्याहरुको विषयमा छलफल गर्ने उद्देश्यले यो गोष्ठीको आयोजना गरिएको आत्रेयले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप