अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’
काठमाडौं– राजधानीको नक्सालमा ‘दी पोश आउटफिटर्स’ नामक बुटिक सञ्चालनमा आएको छ । उक्त बुटिकको बुधबार अभिनेत्री शिल्पा मास्के, हेयर स्टाइलिस निल डेभिड कट्वाल र बुटिक एशोसिएसन अफ नेपालका अध्यक्ष उज्जलकृष्ण श्रेष्ठले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा अभिनेत्री मास्केले ‘दी पोश आउटफिटर्स’ को विशेषताबारे आफूलाई मन परेको बताइन् । उनले भनिन्, ‘यो बुटिकले दैनिक प्रयोगमा आउने क्याजुअल पहिरनलाई प्राथमिकता दिएको रहेछ, जुन अरु बुटिकले गरेको पाइँदैन ।’ अभिनेत्री मास्केले अबका दिनमा आफूलाई क्याजुअल पहिरन चाहिएमा दि पोशमै आउने बताइन् ।
उक्त बुटिकलाई फेसन डिजाइनरद्वय नेना राई र सम्झना राईले सञ्चालनमा ल्याएका हुन् । ‘दी पोश आउटफिटर्स’ बुटिकले नाम जस्तै काम पनि भिन्न गर्ने उनीहरुको भनाइ छ । कार्यक्रममा बोल्दै बुटिक एशोसिएनका अध्यक्ष श्रेष्ठले डिजाइनरद्वयलाई शुभकामना दिए । ‘फेसनको दुनियाँमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले बुटिक सञ्चालनमा ल्याएकामा खुसी लाग्यो’ उनले भने, ‘यहाँहरुलाई सफलताको शुभकामना छ ।’
त्यस्तै हेयर स्टाइलिस तथा फेसन डिजाइनरसमेत रहेका कटवालले दि पोशको बुटिक कन्सेटको प्रसंशा गरे । नेना र सम्झनाले आईआईएफटीबाट डिप्लोमा कोर्ष सकेपछि दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएको सुनाए । उनीहरुले राजधानीमा खुलेका अन्य बुटिकहरुभन्दा फरक सेवा प्रदान गर्ने समेत दावी गरे ।
दी पोश आउटफिटर्सको सुरुवाती लगानी २० लाख रुपैयाँ रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
-
१० बजे, १० समाचार