शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही बोलिरहँदा बम विष्फोट

बुधबार, २९ साउन २०७६, १७ : ३५
बुधबार, २९ साउन २०७६

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । मुख्यमन्त्री शाहीले कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्वोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो । 

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले कार्यक्रम स्थलभन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिए । सिंहले साता दिन लामो जिल्ला भ्रमणमा रहनुभएका मुख्यमन्त्री शाही सहितको टोलीलाई त्रास श्रृजना गर्ने उद्धेश्यले अराजक समूहले वम विष्फोट गराएको बताए । 

त्रास श्रृजना गर्ने उद्धेश्यले बम विष्फोट भएपनि मुख्यमन्त्री सरिक हुने पूर्वनिर्धारित सबै कार्यक्रमहरु सहज रुपमा संचालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिए । मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एसियाकै अग्लो पचालझरणाको पर्यटन प्रवद्र्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलवार पचालझरणा पुगेका थिए ।
मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विष्फोटको घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप