शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यालेक्सी नोट १०ः अब तपाईको जीवनका हरेक क्षण अविष्मरणीय

बुधबार, २९ साउन २०७६, १६ : ४३
बुधबार, २९ साउन २०७६

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गईरहेको छ । प्रीमियम स्मार्टफोनहरुको नयाँ लाइन जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्याउँछन् । 

काम र जीवनको बीचमा निर्बाध रूपमा विचरण गर्ने एउटा पुस्ताले प्रेरणा पायो  ग्यालेक्सी नोट १० । जसले प्रयोगकर्ताहरूलाई उनीहरूले चाहेको तरिकाले काम गर्न र उनीहरूको सृजनात्मकता प्रदर्शन गर्न, स्वतन्त्रता दिन्छ ।

ग्यालेक्सी नोट श्रृंखलाले विश्वभरि लाखौं प्रयोगकर्ताहरूलाई उनीहरूको चाहनाहरू अनुसरण गर्न र उनीहरूको लक्ष्यहरू प्राप्त गर्न मद्दत गरेको छ, ग्यालेक्सी नोट १० संँग, सामसङ प्रयोग कर्ताहरुलाई आफूले चाहेको भन्दा बढी गर्न मद्दत गर्ने विश्वास लिइएको छ । 

ग्यालेक्सी नोट १० यसै मान्यतालाई आत्मसाथ गर्दै स्मार्ट फोनका नयाँ पारखीहरु माझ उनीहरुको प्रोडक्टीभिटी एवं क्रिएटिभिटीलाई सहजै माथिल्लो तहसम्म पु¥याउन मद्दत गर्ने विश्वास लिएको” सामसङ नेपालका मोबाइल विजिनेश हेड प्रणय रत्न स्थापितले बताए ।

ग्यालेक्सी नोट १० का हरेक इलमेन्टहरु विशेष तरिकाबाट निर्माण गरिएको छ, जसले गर्दा ग्राहकलाई अझ धेरै सुविधा प्राप्त हुने छ, भिडियो एडिटिङ्ग गर्न वा आफूलाई मन पर्ने गेम खेल्न ग्यालेक्सी नोट १० ले अझै सहजता एवं सुविधा प्रदान गर्ने छ” उनले बताए ।

पावरफुल डिजाइन

यसको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव प्रदान गर्दछ– न केवल हेर्दा र अनुभव गर्दा मात्र नभई ग्यालेक्सी नोट १०  मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रि बन्न पुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा अझ धेरै आकर्षित बनाउने छ । 

ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङको अहिलेसम्मकै उत्कृष्ट रहेको छ । भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभी, फिल्म तथा गेम खेल्न सक्नेछन् । 

बहु पक्षीय उत्पादक 

प्रयोगकर्ताहरुले प्रिमियम उत्पादकता प्राप्त गर्नं सक्नेछन् ।  आफ्नो फोनबाट अझै धेरै कुरा प्राप्त गर्नको लागि प्रयोग गर्न सकिनेछ । यसमा प्रयोग भएको नयाँ प्रविधि, सुधारिएको क्षमता र शक्तिशाली समायोजन आदिले प्रयोगकर्तालाई स्वतन्त्रता प्रदान गरी उनीहरुका हरेक कार्यलाई उत्पादक बनाउने स्वतन्त्रता प्रदान गर्दछ । 

प्रो–ग्रेड क्यामरा

ग्यालेक्सी नोट १० को साथ, सर्जकहरुले स्टेट अफ द आर्ट टुल्सहरुको प्रयोग गरी आश्चर्यजनक भिडियो तथा फोटोहरु लिन सक्नुहुने छ– आफ्नो च्यानलहरु, स्टोरिहरु तथा पोस्टहरुलाई अरु भन्दा पृथक् बनाउने सुविधा प्रदान गर्दछ । यसमा भएको एडभान्स इमेजिङ्ग प्रविधि र सफ्टवेरहरुले भिडियो ग्राफि र फोटो ग्राफिलाई नयाँ तहमा पु¥याउन मद्दत गर्दछ । 

अद्वितीय कार्यक्षमता

नोट प्रयोगकर्ताहरुले यस फोनको प्रयोगबाट हरेक कुरा गर्न सक्नेछन् । कुराकानी मात्र होइन हरेक क्रियाकलाप, वृहत् व्यापारिक योजना, सोसल मिडिया च्यानलहरुको लागि आवश्यक पर्ने भिडियो एडिटिङ्ग, एस पेनको साथ आकर्षक इलुस्ट्रेशन आदि गर्न विशेष सहयोग पु¥याउने छ । यसको लागि नयाँ इन्जिनियरिङ्गका साथ ग्यालेक्सी नोट १० मा टप–टायर हार्डवेर एवं नयाँ सुविधाहरु प्रयोग गरिएको छ । 

ग्यालेक्सी इकोसिस्टम 

ग्यालेक्सी नोट १० ले इकोसिस्टमलाई केन्द्रमा राखेको छ । प्रयोगकर्ताहरुलाई जीवन्तता प्रदान गर्न विभिन्न वेरेवल डिभाइसहरु जस्तैः ग्यालेक्सी वाच एक्टिभि २ र ग्यालेक्सी ट्याव्लेट ए ६ कनेक्ट गरी अझै धेरै गर्न सकिन्छ । 

सामसङका यस्ता उत्पादनहरु जसले ग्यालेक्सीको अभूतपूर्व अनुभव प्रदान गर्दछ । सामसङ हेल्थले स्वस्थ्यसँग सम्बन्धित लक्षहरुलाई निगरानी राख्दछ । सामसङको नक्सले फोनका डाटा एवं सुरक्षा प्रदान गरी सुरक्षा समाधान गर्न मद्दत गर्नेछ । बिक्सबाईले प्रयोगकर्ताहरुलाई थप सहजता प्रादन गरी जीवनलाई व्यवस्थित एवं अझै सहज बनाउने छ । 

मूल्य 

ग्राहकले ग्यालेक्सी नोट १० तथा ग्यालेक्सी नोट १० प्लस फोन ५ हजार डिपोजिट गरी प्रि बुकिङ्ग गर्न सक्नेछन् ।  ग्यालेक्सी नोट १० को मूल्य १ लाख १६ हजार तथा ग्यालेक्सी नोट १०प्लसको मूल्य १ लाख ३५ हजार तोकिएको छ । यी दुबै सेटको प्रि–बुकिङ्ग यही अगस्ट महिनाको १२ तारिखदेखि २३ तारिखसम्म खुल्ला गरिएको छ । नोट १० कालो तथा सेतो रंगमा उपलब्ध हुनेछ ।

यसका अतिरिक्त प्रि बुकिङ्ग गर्ने ग्राहकहरुले ग्यालेक्सी गिफ्ट पनि प्राप्त गर्नेछन् । जसमा टर्किस एयरलाइन्सको टिकट खरिदमा १५ प्रतिशतसम्म छुट, केजीएच ग्रुपका होटलका रुमहरुमा ५ हजारसम्मको छुट, बयोदा हस्पिटलमा १५ प्रतिशतसम्मको छुट, लेट मि इन को सेवामा २० प्रतिशतसम्मको छुट तथा एस ट्राभल्समा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।

सामसङले प्रि–बुकिङ्गमा सहभागी भएका व्यक्तिहरुलाई लक्की ड्रमा समावेश पनि गर्ने छ र प्रथम हुनुहुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवा भएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप