शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा ३० विद्यार्थीको भविष्य अन्योलमा

बुधबार, २९ साउन २०७६, १५ : १३
बुधबार, २९ साउन २०७६

भक्तपुर– सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा भक्तपुरको चक्रवर्ती हवि एजुकेसन एकेडेमीमा अध्ययन गर्ने बिद्यार्थी समस्यामा परेका छन् ।  एक वर्षदेखि अध्ययनरत विद्यार्थीहरुको रजिष्टेशन पनि नगरी परीक्षामा समेत सामेल गराउन नसकिएको कलेजले गुनासो गरेको छ । निरन्तर उच्च अदालतले दिएको  आदेशलाई समेत लत्याउँदै सिटीइभिटीले ३० जना विद्यार्थीहरुको भविष्य अन्योलमा पारेको कलेजले जनाएको छ  
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट २०५९ सालमा सम्बन्धन प्राप्त उक्त एकेडेमीमा २०६१ सालदेखि नर्सिङमा प्रविणता प्रमाणपत्र तहमा पढाई हुँदै आइरहेको छ  ।

विद्यार्थी भर्नाको सिलसिलामा २०७५ सालको विद्यार्थी भर्नाका लागि कलेजले सिटीइभिटीईमा निरन्तर सम्पर्क गरेको तर त्यसबेलादेखि नै बेवास्ता गर्दै आएको कलेजका कार्यकारी अध्यक्ष निलकृष्ण ताम्राकार पत्रकार सम्मेलनमा जानकारी दिए ।

कलेजले २०७५ सालमा विद्यार्थी भर्ना गर्न सिटीईभिटीईसँग अनुमति माग्दा सय बेडको अस्पतालको व्यवस्था गरेर मात्र विद्यार्थी भर्नाको अनुमति दिन सकिने जानकारी दिइएको अध्यक्ष ताम्राकारले जानकारी दिए । त्यसपछि कलेजले सय बेड भएको गणेशमान अस्पताल एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरेर सिटीईभिटीमा पेश गरेको अध्यक्ष ताम्राकारले बताए । त्यसपछि पनि उनले सिटीईभिटीले कलेजको सम्बन्धनै रद्ध गर्ने कोशिस गरेको उनले आरोप लगाए ।

त्योलगत्तै कलेजले सिटीईभिटीविरुद्ध उच्च अदालतमा मुद्धा दायर भएको र अदाललते परिषदको सम्बन्धन रद्ध गर्ने निर्णय बदर गरी कलेजलाई निरन्तर सञ्चालन हुुन दिन भनी फैसला गरेको उनले जानकारी दिए । सो फैसलासँगै कलेजले निरन्तर विद्यार्थीहरु भर्ना गर्दै आएको र २०७६ सालमा पनि विद्यार्थीरुको भर्ना गरिएको कलेजको दाबी छ । तर अदालतको निरन्तरको आदेश समेत लत्याउँदै सिटीइभिटीले बेवास्ता गर्दै आएको र विद्यार्थीको भविष्य अन्योलमा परेको कलेजको दाबी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप