शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्याक्सीमा यात्रा गर्नेलाई रकम फिर्ता दिने अफर

बुधबार, २९ साउन २०७६, १४ : ४१
बुधबार, २९ साउन २०७६

काठमाडौं–ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसर पारेर आफ्ना यात्रुहरुलाई क्यासब्याक अफर ल्याएको छ । 

एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको हो । 

कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यहि साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र ईजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो रकम फिर्ता योजना ल्याएको हो ।

पछिल्लो दिनमा एप्समार्फत ईजीट्याक्सी नेपाल प्रयोग गर्ने ग्राहकहरुको संख्यामा भएको वृद्धिसँगै कम्पनीले आफ्ना यात्रुहरुको लागि नयाँ अफर सार्वजनिक गरेको हो । फिर्ता भएको क्यासब्याक रकम यात्रुहरुले अर्को ट्याक्सी राईडमा प्रयोग गर्न सक्नेछन् । ईजी ट्याक्सीले आफ्नो मोबाइल एपमा नयाँ अपडेट ल्याएसँगै यो अफर पनि सार्वजनिक गरेको छ ।

गाईजात्रे अफरअन्तरगत ईजीट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकहरुका लागि समेत अफर घोषणा गरेको छ । जस अन्तरगत चालकहरुले सो एपमार्फत यात्रुहरुलाई जति किलोमिटर यात्रा गराउँछ त्यति धेरै रकम आम्दानी गर्नसक्ने सुविधा दिएको छ । चालकहरुका लागि प्रतिकिलोमिटर .२ रुपैयाँको दरले चालकहरुको वालेटमा रकम फिर्ता हुनेछ । 

ईजी ट्याक्सी नेपालका अपरेशन हेड दामोदर श्रेष्ठले ईजी ट्याक्सी नेपालका प्रयोगकर्ता यात्रुहरुलाई थप सुविधा दिने उद्धेश्यले यो योजना ल्याएको बताए ।

‘ईजी ट्याक्सी नेपालमा २७०० भन्दा बढि ट्याक्सी चालक तथा व्यवसायीहरु आबद्ध छन् । यो नेपालको सबैभन्दा ठूलो ट्याक्सी एप संजाल पनि हो ।  ईजी ट्याक्सीले फिर्ता दिने रकम बैंक एकाउन्टमा समेत ट्रान्सफर गर्न सकिने सुविधा रहेको छ ।
ईजी ट्याक्सी नेपालको गाईजात्रे क्यासब्याक अफरमा यात्रुहरुलाई भने अधिकतम रु. २००÷–(दुई सय रुपैयाँ) सम्म मात्र प्राप्त हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप