शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन प्याथ ल्याब–जहाँ हुन्छ सस्तोमा थाइराइड परीक्षण

बुधबार, २९ साउन २०७६, १२ : ४५
बुधबार, २९ साउन २०७६

काठमाडौँ । विगत ४ वर्षदेखि सञ्चालनमा आएको पाटन प्याथ ल्याबले नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । 

पाटन प्याथ ल्याबमा सम्पूर्ण टेष्ट सस्तो पर्नेे र छिटो रिर्पाेट पनि आउने हुँदा सेवाग्राहीको रोजाइमा परेको छ । 

पाटन प्याथ ल्याबमा एक हजार भन्दा धेरै प्रकारका स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।  स्वास्थ्य परीक्षण मध्यपनि धेरै थाइराइड र भिटामिनका स्वास्थ्य परीक्षण हुँदै आएको छ । 

मुख्यतयाः यस ल्याबमा थाइराइडको परीक्षणको लागि आउने नागरिकको सख्ंया धेरै छ । संचालक रेशम भट्टराईले ल्याबमा दैनिक सय भन्दा धेरै नागरिकले थाइराइड परीक्षण गर्न आउने गरेको जानकारी दिए । 

थाइराइडको परीक्षण रु ५ सयमा गरिन्छ । जसमध्ये थाइराइडमा ३ थरीका परीक्षण गरिन्छ । टी थ्री, टी फो र टीएसएच परीक्षण गरिन्छ ।

 संचालक भट्टराई भन्छन्, ‘छिटो रिर्पाेट आउने हुँदा नागरिकलाई रिर्पाेटमा के आउँला भनेर केही दिनसम्म तनावमा बस्नु पर्ने अवस्था पनि आउँदैन । काठमाडौँमा ११ सयसम्म पनि थाइराइड परीक्षणमा लिइन्छ भने काठमाडौँ बाहिर २ हजार देखि २५ सयसम्म पनि लिने गरिन्छ । यो शुल्कलाई हेर्ने हो भने हामीले नागरिकलाई दिएको ५ सयको सेवा निकै सस्तो र सुलभ सेवा हो।’  

 आईएसओ ९००१ र २०१५ को प्रमाणपत्र प्राप्त गरेको ल्याब भएको हुँदा विश्वको जुन पनि ठाउँमा यो ल्याबको रिर्पाेटलाई मान्यता दिने संचालक भट्टराईले बताए ।

विदेशको विभिन्न ठाउँमा उपचार गर्न जाने नागरिक पनि अहिले पाटन प्याथ ल्याबको लागि आउने गरेका छन् । अहिलेसम्म २४ हजारले थाइराइडको स्वास्थ्य परीक्षण गरिसकेको भट्टराईले बताए । त्यस मध्ये ५० प्रतिशत भन्दा धेरैमा थाइराइड देखाउने गरेको पाइएको छ ।

 ल्याबले सेवा संचालन गरेको २ वर्ष सम्ममा निःशुल्क सुगर परीक्षण गरेको थियो । सबैको सुझावमा अहिले सुगर परीक्षणको शुल्क ३० रुपैयाँ कायम गरिएको संचालक भट्टराईले बताए । 

साथै ल्याबले क्यान्सर, भिटामिन, रक्तअल्पता, हड्डी खिइएको, किड्नी , जण्डिस लगायत सबै प्रकारका स्वास्थ्य परीक्षण पनि गर्दै आएको छ । 

ल्याबले छाला रोग, बाथ, थाइराईट, क्यान्सर,स्त्री रोग, मुटुलगायत १६ वटा विभागबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । 
साथै पाटन प्याथ ल्याबले होलबडी प्याकेज र थाइराइडलाई प्राथमिकता दिएको छ । होलबडी परीक्षणका लागि ३३ सय देखि १० हजार सम्म शुल्क तोकिएको छ । होलबडीमा सामान्यतया १२ वटा परीक्षण राखिएको छ । 

पाटनमा ल्याबले अन्य स्थानमा पनि शाखा संचालन गर्नुपर्ने नागरिकको माग रहेको संचालक भट्टराईले बताए । नागरिकको चासोकै कारण देशको विभिन्न स्थानमा शाखा संचालनमा ल्याउने तयारी भइरहेको भट्टराईको भनाई छ ।

 चितवनमा नाम फरक भए पनि आफ्नै नेतृत्वमा ल्याब संचालनमा ल्याइएको र पोखरामा समेत केही समयमै शाखा संचालनमा ल्याउने संस्थाको भनाई छ । 

अन्य स्थानमा पनि क्रमशः शाखा विस्तार गरिँदै जाने उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप