सहमति जुट्न नसक्दा नेकपा सचिवालय बैठक स्थगित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि आज बैठक नबस्ने भएको हो ।
स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बिहीबार बालुवाटारमा छलफल भएको थियो ।
स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी कायम रहेपछि अध्यक्षद्वय सहमति जुटाउन छलफलमा जुटेका थियो । तर, पछिल्लो समय अध्यक्षद्वयबीचमै विवाद भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने अध्यक्ष प्रचण्ड श्रेष्ठको हकमा सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्न चाहन्छन् । यसबारे अध्यक्षद्वयले मंगलबार सचिवालयका अन्य सदस्यसँग पनि छुट्टाछुट्टै परामर्श गरेका थिए ।
तर, सचिवालयका अन्य सदस्यहरुले स्कुल विभागको विवाद टुंग्याउने जिम्मा अध्यक्षद्वयलाई दिएका छन् । स्कुल विभागमा स्थायी कमिटीका अन्य नेताहरुले पनि दावी गरेका छन् ।
सचिवालयका एक नेताका अनुसार सचिवालयका नेता भूमिकाबिहीन बनेर स्थायी कमिटीका नेतालाई स्कुल विभागको जिम्मेवारी दिने सम्भावना भने कम छ । उनका अनुसार ती नेतालाई स्कुल विभागको उपप्रमुख बनाउनेबारे छलफल भएको छ ।
त्यस्तै, जनवर्गीय संगठनको नेतृत्वबारे पूर्व एमालेमा विवाद देखिएपछि आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
