पोखराका वडा कार्यालयमा लुट मच्चाउने समातिए
पोखरा । पोखरा महानगरको वडा कार्यालयमा लुट मच्चाउने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गरेर वडा कार्यालयमा चोरी कार्यमा संलग्नलाई सार्वजनिक गरेको हो ।
वडा कार्यालयमा चोरी गर्ने ४१ वर्षीय किशोर थापा रहेको प्रहरीले खुलाएको छ । थापा यसअघि पनि काठमाडौं केन्द्रीय कारागारमा दुई पटकसम्म थुनिएको व्यक्ति भएको प्रहरीले जनाएको छ । पहिलो पटक ५ वर्ष र दोस्रो पटक ३ वर्ष सजाय भोगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
थापाले वडा कार्यालयमा सुरक्षा गार्ड नहुँदा चोरी गर्न सजिलो हुने बयान दिएको प्रहरीले बताएको छ । काठमाडौं महानगरपालिका ११ स्थायी ठेगाना भएका थापा पोखरा महानगरपालिका १० कालिकाचोकमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थापाले चोरी गरेका सामान डेरा नजिकैको निमार्णाधीन भवनमा लुकाउँथे । थापाले चोरी गरेका सामान बिहानको समयमा काठमाडौं पु-याउँदै आएका थिए ।
गाउँमा सवारीसाधनको पहुँच नहुने साथै चोरी गर्न पनि गाह्रो पर्ने भएकाले सहरलाई चोरले निशाना बनाउँदै आएको प्रहरीले जनाएको छ ।
थापाले चोरीका सामान काठमाडौं महानगरपालिका १४ कंलकी स्थित ‘कम्प्युटर सोलुसन’मा बेच्ने गरेको खुल्न आएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ । उक्त कम्प्युटर पसलका सञ्चालक थाहा नगरपालिका १२ मकवानपुरका ३६ वर्षिय रुपचन्द्र गोपालीलाई समेत प्रहरीले समातेको छ ।
थापाले चोरी गरेर कोठामा लुकाइ राखेको अवस्थामा टोसिबा कम्पनीको ल्यापटप र चार्जर १ थान, सोनी कम्पनीको क्यामेरा १ थान, फलामको रड २ थान, स्क््रmु ड्राइभर १ थान, कालो पंजा २ जोर, कालो माक्स १ थान, सेतो रंगको ट्रयाक २ थान, निलो ज्याकेट २ थान, निलो टिसर्ट १ थान, टोपी २ थान समेत बरामद गरेको छ ।
प्रहरीले गोपालीले सञ्चालन गर्दै आएको कम्प्युटर सोलुसनबाट विभिन्न कम्पनीका ल्यापटप ३ थान, सिपियु ९ थान र मोनिटर १७ थान चोरिका सामान बरामद गरेको छ । प्रहरी अनुसन्धानले उक्त कम्प्युटर सोलुसनमा चोरीका सामान बिक्री हुने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
थापाले १ वर्षको अवधिमा पोखराका ११ वडामा चोरी गरेका थिए । थापालाई जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरि चोरी तथा डाँका सम्बन्धी डाँकासम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
-
धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने
-
उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव
-
शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आउनु दलहरूका लागि लज्जाको विषय : गगन थापा (भिडियोसहित)
-
पक्राउ पर्ने र अनुसन्धानको क्रम जारी छ : गृहमन्त्री लेखक
-
पाँच सार्वजनिक संस्थानको सम्पति सरकारको नाममा ल्याउन उच्च स्तरीय आर्थिक सुधार आयोगको सुझाव