बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानले मनायो स्वतन्त्रता दिवस

बुधबार, २९ साउन २०७६, ११ : ३२
बुधबार, २९ साउन २०७६

काठमाडौं–पाकिस्तानले आफ्नो ७३ औँ स्वतन्त्रता दिवस मनाएको छ । 

स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमका बीच झण्डोत्तलन गर्दै दिवस मनाएको हो ।

 ७३ बर्ष अगाडि तात्कालीन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।

 दूतावासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुभकामना सन्देशमार्फत पाकिस्तानी जनतामा सुख शान्ति र खुसीयाली बाँड्दै विश्वभरी बन्धुत्व र भाइचाराको कामना गरेका छन् । 

प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख  छ । नेपाल सरकारले पनि पाकिस्तानको ७३ औ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप