बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एएफसी फुटसल च्याम्पियनसिपः नेपालको पहिलो खेल ताजकिस्तानसँग

बुधबार, २९ साउन २०७६, ११ : २३
बुधबार, २९ साउन २०७६

काठमाडौं–इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल नेपाल समूह ‘ए’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपाल सहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन । समुह ‘बी’ मा इरान, किर्गिस्तान र तुर्कमिनिस्तान रहेका छन् । अक्टोबर २३ देखि २५ तारिख सम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ताजिकिस्तान, २४ तारिखमा उज्वेकिस्तान र २५ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

 छनोट प्रतियोगिताबाट शीर्ष टोली फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल फेब्रुअरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमिनिस्तानमा हुनेछ ।

 यो प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडी छनोटका लागि खेलाडीको खुला आवेदन गरी आइतबारबाट खेलाडी छनोट सुरु गर्ने लागेको छ ।

 छनोटमा परेका उत्कृष्ट ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम तयारी गराउने पनि एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप